प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आज नारायणहिटी दरबारमा गणतन्त्र कार्यान्वयनको खुशियालीमा सरकारका तर्फबाट औपचारिक रुपमा झण्डोत्तोलन गरेका छन् । आइतबार आयोजित विशेष कार्यक्रमका बीच उनले राष्ट्रिय झण्डा फहराएका हुन् झण्डोत्तोलनपछि बिषेश कार्यक्रमलाइ सम्बोधन गर्दै कोइरालाले यो झण्डा कहिल्यै नझुकोस् भन्ने कामना गर्नुभएको छ । सरकारले आज विशेष कार्यक्रम गरेर संविधान सभाले निर्देशन गरे बमोजिम नारायणहिटी दरवारलाइ नारायणहिटी दरबार संग्रहालय बनाएको हो । विशेष कार्यक्रमका साथ प्रधानमन्त्रीले नेपाली राष्ट्रिय झण्डा फहराउनु भएको हो ।
समारोहमा संवैधानिक अंगका प्रमुख, संविधानसभा सदस्य, सरकारका उच्च अधिकारी, सेना र प्रहरीका उच्च अधिकारीको उपस्थिति थियो ।
कहाँ हराएँ म ?
2 days ago
No comments:
Post a Comment