सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

माओबादी मन्त्रीहरुद्वारा राजीनामा, राजीनामा फ़िर्ता गरिने

२०६५ असार ७
सात दलको संयुक्त बैठकमा शक्ती बाँडफाड सम्बन्धी कुरा नमिले पछि माओबादीका मन्त्रीहरुद्वारा सामुहिक राजीनामा दिएका छन । राजीनामापत्र माओबादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई बुझाएका हुन ।
यसैगरी आज बिहान भएको माओबादी र एमालेबिच शक्ति बाँडफाड लगायतका बिषयहरुमा सहमति जुटाउन भएको बैठकले राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री माओबादीलाई र संबिधानसभाको अध्यक्षमा काँग्रेसलाई दिने सहमति भएको बताईएको छ जसनुसार अब नेकपा एमालेका पूर्व महासचिब (२ ठाउँबाट हारेका) माधव नेपाल राष्ट्रपति हुने लगभग पक्का भएको छ । राष्ट्रपति हुन संबिधान सभाको सदस्य हुनुपर्ने प्रावधानअनुसार नेपाललाई २६ जनाको मनोनितमा ल्याईने बताईन्छ ।
नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईरालाले कुनै हालतले पनि राष्ट्रपति नछोड्ने देखिएपछि कोईरालालाई भन्दा एमालेका माधव नेपाललाई राष्ट्रपति दिएर एमालेसंग गठबन्धन बलियो बनाउने रणनीतिमा माओबादी देखिएको छ ।
यसैबिच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी मन्त्रीहरुको राजीनामा स्विकृत गर्नुको साटो माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नै फ़िर्ता दिने बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार जारी सात दलको बैठकमा प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुको राजीनामा अस्विकार गरिने बताईएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कार्यदलले सहमति बनाएलगत्तै आफूले पदबाट राजीनामा दिने पनि बताएका छन ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु