२०६५ असार ७
सरकारले बृद्धि भएको भाडामा विद्यार्थीका लागि ४३ प्रतिशत छुट दिने निर्णय गरेपनि बृद्धि भएको सबारी भाडामा ५० प्रतिशत छुटको माग गर्दै एमाले निकट विद्यार्थी संगठन अखिलले असार ११ र १३ गते बन्दको आह्वान गरेको छ । सरकारले बढेको भाडामा ४३ प्रतिसत छुट दिने निर्णय गरेपनि बिभिन्न विद्यार्थी संगठनहरुले ५० प्रतिसत भन्दा कममा सम्झौता नगर्ने भन्दै प्रदर्शन गरिरहेका छन् । यसअघि हिजो भएको विरोध प्रदर्शनमा काठमाण्डौमा मात्रै करिव ५ दर्जन विद्यार्थी घाइते भएका छन् । विद्यार्थी र प्रहरीवीच शहरका विभिन्न स्थानमा झडप समेत भएको थियो । सो क्रममा करिव एक दर्जन सवारी साधनमा तोडफोड भएका छन् । यता, यातायात ब्यवसायीले पनि आफ्नो सिफारिस विपरित २५ प्रतिशतमात्र भाडा वढाएको भन्दै आजदेखि वागमति अंचलमा अनिश्चीतकालिन सवारी हड्तालको आह्वान गरेका छन् । आज बन्दका कारण काठमाडौंमा सार्वजनिक सवारी साधन पूर्ण ठप्प थियो ।

No comments:
Post a Comment