यातायात ब्यबसायीहरुले आव्ह्वान गरेको बागमती अञ्चलभरको अनिश्चितकालिन यातायात बन्दको दोस्रो

त्यसै गरि राजाधानीका बिभिन्न क्याम्पस वरपर विद्यार्थीहरु द्वारा आफुहरुले अधिराज्य भरिका सवारी साधनमा ५० प्रतिसत छुट पाउनु पर्ने माग राख्दै प्रर्दसन गरिरहेका छन , राजधानिका अधिकाँस क्याम्पस वरपर तनाबपूर्ण स्थिती रहेको छ भने कतिपए ठाउमा प्रहरी र विद्यार्थी बिच दोहोरो झडप पनि भई रहेको छ ।
यता समस्या समाधान गर्न सरकारले यातायात ब्यबसायी तथा बिद्यार्थी संगठनहरुलाई बार्तामा बोलाएका छन । बार्तामा सहमती हुन नसके सरकारले अत्याबश्यक ऐन २०१२ अनुसार कारबाई गर्ने सँकेत देखाएको छ भने ब्यबसायीहरुले देश भरी सवारी साधन बन्द गर्ने तयारी गरिरहेका छन । नेपाल आयल निगमले प्रेटोलियम पदार्थमा २५ प्रतिसतले बृदि गरेपछि यातायात ब्यबसायीहरुले एकतर्फी रुपमा आफुखुशी ४० प्रतिसत सम्म भाडा बृदि गरेका थिए , सरकारले भने २५ प्रतिसत बृदि गर्ने निर्णय गरेको थियो । उपभोक्ता संरक्षण हित मँचका महासचिब ज्योति बानियाले "सरकार द्वारा बृदि गरिएको २५ प्रतिसत भाडादरमा उपभोक्ताहरुले बिरोध गर्नु पर्नेमा उल्टो बढ्नु पर्ने भाडादर भन्दा दोब्बर बृदि गर्न सहमती पाउदा पनि ब्यबसायी नै आन्दोलनमा उत्रेकोमा आस्चर्य प्रकट गर्नु भयो । सम्भन्धित क्षत्रका जानकारहरुका अनुसार सवारी साधनमा तेलको भार ३० प्रतिसत मात्र हुने भएकोले अहिले १२ प्रतिसत मात्र भाडा बृदि गर्नु उपयुक्त हुने बताउछन ।
No comments:
Post a Comment