माओवादी नेता तथा सचिवालय सदस्य देव गुरुङले अल्पमतमा परेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले जनताको म्याण्डेट गुमाईसकेको हुंदा राजीनामा नदिए उनको विरुद्ध अविश्वासको प्रस्ताव लैजानु पर्ने बताएका छन्। गुरुङले दुई /दुई ठाउंबाट चुनावमा पराजित भएका एमालेका पूर्व महासचिव माधवकुमार नेपाललाई आफूहरुले राष्ट्रपति पदमा स्वीकार गर्न नसक्ने समेत बताए साथै उनले नेपाललाई राष्ट्रपति बनाउदा प्रधानमन्त्री कोइरालालाई बनाए जस्तै समानान्तर शक्ति केन्द्रको स्थापना हुने धारणा व्यक्त गरेका छन । नेता गुरुङले प्रम कोइरालाले सार्वनिक रुपमा पद छोडेको घोषणा गर्न सुझाव समेत दिएका छन ।
उता, नेपाली काँग्रेसका नेता डा. रामशरण महतले माओवादी र एमाले बहूपक्षीय प्रणालीमा जान खोजेकोले आफ्नो पार्टी नेपाली कांग्रेस विपक्षमा बस्ने तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले असार ११ गतेको संबिधानसभाको बैठकमा पद छोडने घोषणा गर्न सक्ने बताए पनि यस्तो सम्भावना राष्ट्रपतिको औपचारिक चयन भएपछि मात्र रहेको बताएका छन ।
परदेश गएपछि हुने रोमिङको लफडा
4 weeks ago

No comments:
Post a Comment