सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

उपराष्ट्रपति झाको हिन्दी भाषा मोह प्रकरण

उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको विरोधमा आज पनि बिहानै देखी विद्यार्थी, नागरिक समाजलगायत विभिन्न संघ संस्थाहरुले मुलुकभर बिरोध प्रदर्शन गरेका छन् । राजधानीको नयाँ बानेश्वर, प्रदर्शनी मार्ग, बसन्तपुरलगायतका ठाउंमा बिहानैदेखि प्रदर्शन भएका छन् भने देशका मुख्य शहरहरु बिराटनगर, नवलपरासी, बुटवल, गुल्मीलगायतका ठाउँमा प्रदर्शन भएका छन् , सर्लाहीका सबै शिक्षक सँस्था बन्द छन भने रौतहटमा आज बिहान देखी तनाब छ त्यस्तै चितवन पोखरा काभ्रे लगाएत देशका प्रमुख शहरमा ब्यापक बिरोध जारी छ । पहिला पहिला सरकारी क्याम्पस अगाडि मात्र बिरोध हुने देखिएकोमा अहिले निजी क्याम्पसका विद्यार्थीहरु पनि सडकमा उत्रेको देखिएको छ र राजधानिका सबै जसो क्याम्पस अगाडि निकै तनाबको स्थिती रहेको छ र कुनै कुनै ठाउमा प्रहरी र बिद्यार्थीहरु बिच झडप पनि भएको छ । प्रदर्शनकारीले उपराष्ट्रपति झाले नेपाली भाषाको अपमान गरेकोले सार्वजनिकरुपमा माफी माग्नुपर्ने र नेपाली, मैथली वा भोजपुरि भाषामा फेरी सपथ लिनु पर्ने माग राख्दै माफी नमागे यो आन्दोलनलाइ देशव्यापी चर्काउने चेतावनी दिएका छन् । केहि आक्रोसित युवाहरुले आज राजधानीमा उपराष्ट्रपति झाले तत्कालै राजीनामा दिनुपर्ने भन्दै चर्का नाराबाजी गरेका थिए । यसै गरी उपत्यकाका ब्यबसायीहरुले पनि झाको हिन्दी मोह प्रति बिरोध जनाउदै शहरका प्रमुख ब्यापारिक केन्द्र बन्द गरेका छन । ब्यबसायीहरुले उप रास्त्रपति झाले हिन्दिमा सपथ लिएकोमा सार्वजनिक माफि मागी फेरी नेपाली भाषामा सपथ लिनु पर्ने माग अनुरुप यो भन्दा आफुहरुको साँकेतिक बिरोध मात्र भएको बताएका छन । यही प्रकरण लाई लिएर सर्बोच्च अदालतमा रित पनि दायर भई सकेको छ जसमा उपराष्ट्रपति झाले नेपालको अन्तरिम संविधानविपरीत हिन्दी भाषामा शपथग्रहण गर्नुभएकाले सो शपथग्रहणलाई बदर गरी नेपाली भाषामा पुनः शपथग्रहण गराउने आदेशको माग गर्दै अधिवक्ता बालकृण्ण न्यौपानेले शुक्रबार सर्बोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको हो ।

1 comment:

Anonymous said...

हिन्दी भाषामा सपथ लिनु मलाई पनि राम्रो लागेन । झा ले सार्वजनिक रुपमा क्षमा माग्नै पर्छ ।

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु