कम्प्युटर भाईरस कुनै जिवित किटाणु नभै एक गलत प्रोग्राम हो जसले कम्प्युटरको सँचालन प्रणालिमा हानी पुर्याउने कार्य गर्छ । अर्को शब्दमा भन्नु पर्दा यो गलत निर्देसिकाहरुको समुह हो जसले कम्प्युटरको सँचालन प्रकृयालाई बिगारी दिन्छ । कम्प्युटर भाईरस बिशेष गरी कम्प्युटर प्रोग्रामिङका दक्ष्य ब्यक्तिहरुले गलत मनसाय पूर्वक तयार गरेका हुन्छन । कम्प्युटर भाईरसलाई पनि एउटा सफ्टवयर वा प्रोग्रामकै रुपमा लिन सकिन्छ तर यस किसिमका प्रोग्रामहरुले कम्प्युटरलाई कुनै राम्रो कार्य नगरि हानि पुर्याउने काम मात्र गर्छ । जस्तै कम्प्युटरमा भएका डाटाहरुलाई नस्ट गरी दिनु वा अनावश्यक डाटाहरु थपिदिनु । उदाहरणको लागि कुनै एस्तो प्रोग्राम बनाइदियो जसलाई सँचालन गर्ना साथ कम्प्युटरको हार्ड डिस्कमा भएका सम्पूर्ण डाटाहरुलाई मेटाइ दिनु भनि निर्देशहरु (Instructions) राखिएको भए त्यस प्रोग्राम चल्ना साथ हार्ड डिस्कका सम्पूर्ण डाटाहरु मेटाइदिने हुन्छ ।
भाईरसका प्रकारहरु (Types of Virus)
भाईरस बिभिन्न प्रकारका हुन्छन र हाल सम्म देखा परेका भाईरस्को सँख्या भन्नु निकै गार्हो हुन्छ किनकी प्रतिदिन यसप्रकारका भाईरसहरुको बिकास भई रहेको पाईन्छ । तापनि यस्ता भाईरसलाई यसले गर्ने असरको आधारमा समुहगत रुपमा बिभाजन गरेको पाईन्छ ।
क) Time Bomb : निस्चित समयमा कार्य सुरु गर्ने प्रकारको ।
ख) Trojon Horse : लुकेर कुनै प्रोग्राममा रहने प्रकृतिको
ग) Worms : कम्प्युटरको कुनै पनि डाटाहरुलाई नबिगार्ने तर मेमोरिमा गई कम्प्युटरलाई ढिला बनाई दिने प्रकृतिको ।
घ) Boot Sector Infector : कम्प्युटर स्टोरेज डिवाइस जस्तै : Floppy Disk, Hard Drive आदिको Boot Sector ( कम्प्युटर खोलिनको लागि चाहिने पहिले डाटा भएको ठाउँ ) मा गई बस्ने र बिगार्ने प्रकृतिको ।
ङ) File Infector Virus : कुनै पनि फाइल लाई बिगार्ने प्रकृतिको ।
च) Dos System Infector : Dos अपरेटिङ सिस्टम फाइलहरुलाई बिगार्ने प्रकृतिको ।
छ) Massage Carrying Virus : कुन्रै अश्लील कुर वा हास्य सुचना दिने तर कुनै हानी नदिने प्रकृतिको ।
भाईरस प्रतिरोधक (Anti-virus)
सबै भाईरसहरु हानि पुर्याउने प्रकृतिका नभएपनी कुनै भाईरस निकै हानी पुर्याउने खालका हुन्छन । र यस्तो प्रकृतिको भाईरसले आक्रमण गरेको खण्डमा हाम्रो कम्प्युटरको डाटा र सँचालन प्रकृयामा ठुलो क्ष्यति पुर्याउन सक्छ र यस्ता कुनै पनि भाईरसबाट कम्प्युटरलाई बचाउन Anti-virus प्रोग्रामको बिकास गरिएको छ । जसरी कुनै मनिसलाई रोगको बिरुद्द भ्याक्सिनको बिकास गरिन्छ त्यसरिनै कुनै बेला देखा परेका र सँभाबित कम्प्युटर भाईरसको प्रक्रिति अनुरुप Anti-virus सफ्टवयर बनाइएको हुन्छ । जस्तै : Virus buster, Norton Anti-virus, Central Point Anti-virus, MC Caffe's Anti-virus, Clean Virus, Dr Solomon's Anti-virus Tool Kit, PC chillin आदी ।
भाईरसबाट बच्ने उपाय (Virus Sefety)
१ आफ्नो कम्प्युटरमा अनिबार्य कुनै एक भरपर्दो Anti-virus प्रोग्राम राख्ने ।
२ सधैं Anti-virus प्रोग्रामलाई Active राख् ने ।
३ अरु कसैको फ्लपी डिस्क वा CD प्रयोग गर्नु भन्दा पहिले Virus स्क्यान गरेर मात्र प्रयोग गर्ने ।
४ कम्प्युटर कुनै तरिका बाट भाईरस द्वारा प्रभाबित भए पूर्ण रुपमा भाईरस नहटाई कम्प्युटर सँचालन नगर्ने ।
५ चोरी भएको सफ्टवयरको प्रयोग नगर्ने ।
६ भाईरस बाट पूर्ण रुपमा कहिले पनि बच्न नसकिने हुँदा आफ्नो डाटाहरुलाई कुनै अर्को सुरक्षित राख्ने जसलाई (Backuping of Data ) पनि भनिन्छ ।
७ जो कसैलाई आफ्नो कम्प्युटर प्रयोग गर्न नदिने ।
८ ईन्टरनेट चलाऊदा जुन पायो त्यो साईट अथवा भरनपर्दो साईट नखोल्ने ।
भाईरस अपडेटिङ (Updaton of Antivirus)
नयाँ नयाँ कम्प्युटर भाईरसको उत्पति दिन प्रतिदिन भई राखेको हुन्छ जसले गर्दा पुरानो Anti Virus प्रोग्राम ले सधैं कम्प्युटरलाई भाईरस बाट सुरक्षा गर्न नसक्ने हुन्छ र साथै Antivirus Software निर्माताहरुले पनि नयाँ नयाँ बिकास भएका Virus लाई आफ्नो Antivirus Software मा समेट्दै गई रहेका हुन्छन जसलाई Virus Definition Update भनिन्छ । आफ्नो कम्प्युटरलाई बढी भन्दा बढी सुरक्षा दिन यस्ता नयाँ Virus Definition लाई आफ्नो Antivirus Software मा नियमित थप्दै जानु पर्छ । यस्तो Update ईन्टरनेटको सम्भन्धित साईट वा Update CD द्वारा गर्न सकिन्छ । कम्तिमा हरेक १५ दिनमा कुनै पनि Antivirus प्रोग्राम लाई Update गर्दै रहनु पर्छ नत्र Antivirus प्रोग्राम राख् नुको खासै उद्देस्य पुरा नहुन सक्छ ।
Home Page मेरो आफ्नो कुराहरु नेपाली राष्ट्रिय गीतहरु सफलताका रहस्यहरु ( स्वेट मार्डेन ) यस्तो पनि हुन्छ नेपाली जोक्स english जोक्स नेपाली कबिताहरु नेपाली कथा english poems sms collection some important software download kissing tips Nepali Model Watch Hot Nepali Model Hot नेपाली मोडेल भिडियो एकछिन रमाइलो गरौं नेपाली गितहरु Download गर्नुस् Artists songs collection (hindi) english songs download hindi gazals download कुन देशमा कति बज्यो गाउखाने कथाहरुको सङग्रह नेपाली उखान टुक्काहरुको सङ्ग्रह अनपत्यारिला रोचक तथ्यहरु ईन्टरनेट संसार केही उपयोगी टिप्सहरु नेपाली रिमिक्स भिडियो नेपाली पप गीत भिडियो what does your dream mean Funny video Listen Live Nepali FM Free SMS Download PC Games (कम्प्युटर (PC) गेमहरु)नेपाली फिल्महरुको सङ्रग्रह
सुचना
तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com
तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।
Subscribe to:
Post Comments (Atom)
मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु
-
-
-
-
-
-
अन्तीम पोष्ट9 years ago
-
-
नबुझेकै बुझ्छन् मान्छे9 years ago
-
-
-
828bet.com agen bola terpercaya piala dunia 201411 years ago
-
-
-
-
Visit Nepal 201114 years ago
-
-
-
-
-
-
-
-
1 comment:
What's up, the whole thing is going well here and ofcourse every one is sharing data, that's in fact fine, keep up writing.
My site ... click here
Post a Comment