नेता अघि अघि , जनता पछि पछि नारा लगाउदै थिए । एकैछिनमा जुलुस आमसभामा परिणत भयो । नेता मन्चमा माइक समाएर चर्को स्वरमा भाषण गरिरहेका थिए -'सरकार कस्को ? भोका नाङगा , अशक्त जनताको । ' यतिकैमा एक बुढा भिखारी मन्च निर आई बिन्ती गर्न थाल्यो - 'हजुर म अशक्त रोग र भोकले पीडित गरीबले केही सहयोग पाउछु कि ?' बुढा भिखारीको बिन्ती नेताजीले सुनेको नसुने झै गर्यो । भिखारीले आफ्नो बिन्ती दोहर्याइरह्यो ।
आमसभा समाप्त भयो । नेताजी चिल्लो कारमा चढे । भिखारी पुन: छेउमै आएर त्यही कुरा दोहोर्याउन थाल्यो । कार हुइकिदा भिखारीलाई पाङ्रग्राले पेल्यो । भिखारी लड्यो एक छिन छट्पटायो र मृत्युलाई अँगाल्यो ।
भोलिपल्ट बिहान सडक तात्यो । बेवारीस लास सडकमा लडिरहेको थियो । एकैछिनमा तिनै नेता र जनता लास भएतिर जम्मा भए । नेताजीले चर्को बहस गरे -'ए हाम्रै पार्टीका सकृय कार्यकर्ताको दुर्घट्नामा परी मृत्यु भएछ ...' एकछिन सबैले समबेदना प्रकत गरे । पार्टीको झन्डाले लास बेरियो र सारा शहर परीक्रमा गराइयो । पुन: तिनै नेता र उसका धुपौरेहरु कराउन थाले -"हत्यारा ड्राइभर मुर्दाबाद , ज्यान धनको सुरक्षा होस् । ' लास लाई फूलमाला र अबिरले छोपियो , पैसाले पुरियो , शहिद भनेर घोषणा गरियो । छापाहरुमा पनि त्यही समाचारले स्थान पायो ।
- सागर मैनाली 'बियोगी'
मुस्ताङको त्यो रहस्यमय गुम्बा
1 day ago
No comments:
Post a Comment