२०६५ \ १० \ १२
प्रधानमन्त्री पुष्पकमल दाहालले आज साँझ सवा सात बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने कार्यक्रम छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट गरिने सम्बोधनमा प्रधानमन्त्री दाहालले समसामयिक राजनीतिक घटना क्रम, जन–जिवीकालाई प्रत्यक्ष असर परिरहेको सम्बन्धमा आम नेपाली जनतालाई जानकारी दिनुहुने जानाकारी वालुवाटार श्रोतले दिएको छ। प्रधानमन्त्री दाहालको सम्बोधन, खासगरी सरकारको नीति तथा कार्यक्रम, संविधान निर्माण, सेना समायोजन, मधेशका सशस्त्र समुहसँग भइरहेको वार्ताको सम्वन्धमा पार्टीहरुसँगको सहयात्रा, शान्ति सुरक्षा, लोडसेडिङको असर लगायतका विषय केन्द्रित रहने बुझएको छ। सम्बोधनमा विकास निर्माणका बारेमा विशेष कार्यक्रम समावेश रहेको श्रोतले जनाएको छ।
परदेश गएपछि हुने रोमिङको लफडा
1 month ago

No comments:
Post a Comment