

बिश्वकै शक्तीशाली पदमा पुगेको ब्यक्ती अर्थात अमेरिकी राष्ट्रपति बाराक हुसेन ओबामा सँग तस्बिर खिचाउने सपना विश्वका लगभग सबै जसोमा हुन सक्छ तर ति सबैको सपना पुरा हुने निश्चित अबस्य छैन । तर ओबामा सँग तस्बिर खिचाउने सपना भने इन्डोनेसियाली हरुका लागि भने केही हद सम्म पुरा भएको छ र त्यो पुरा गर्ने ब्यक्ती हुन एक इन्डोनेसियाली फोटो पत्रकार इल्हम अदनान ।
अहिले ति फोटो पत्रकार निकै चर्चामा छन जब देखी ओबामाले राष्ट्रपतिको कार्यभार सम्भालेका छन , उनको लोकप्रियता इन्डोनेसियामा निकै बढेको छ । उनको चर्चा उनी द्वारा खिचिएको तस्बिर होइन उनको आफ्नै तस्बिर हो । ३४ बर्सिय अदनानको अनुहार ओबामा सँग निकै मिल्दो जुल्दो छ । उनको तस्बिरहरु धेरै पत्र पत्रीका हरुले प्रकाशित गरिसकेका छन । अहिले ओबामा सँग उनको अनुहार मिलेकै कारण पहिलेको तुलनामा उनको आम्दानी पनि दोब्बर भएको छ । उनी अहिले अन्लाईनका बिज्ञापनहरुमा पनि छाएका छन । उनिसँग तस्बिर खिचाउने हरुको निकै तछाड मछाड हुने गरेको छ ।
No comments:
Post a Comment