सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

रमाइलो जोक्सहरु पढेर एक छिन रमाइलो गरौ

एउटा आर्मीको पार्टिमा पार्टी सकिए पछि एउटा सैनिक बियर आफ्नो सर्टमा लुकाउदै थियो । यो एउटा मेनेजरले देखेछ र रिसाउदै भनेछ : यो तिमी के गर्दै छौ ? बियर सर्ट भित्र किन लुकाएको ?
सैनिक : सर तपाईं आँफैले नै भन्नु भएको होइन , जसलाई तिमी मार्न सक्दैनौ त्यसलाई बन्दी बनाउनु भनेर ...

युद्दको समयमा एक सिमावर्ती गाउँमा दुश्मनको एउटा फौज घुस्यो । गाउँको सबै तरुनी केटीहरु उनिहरु सँग बच्न गाउँको बाहिर एउटा सुरक्षित ठाउमा भाग्न थालेछन , एउटा बुढी महिला पनि उनिहरु सँगै भाग्न थाले ।
एउटा केटीले सोधेछन : आमा तपाईं किन भाग्नु भएको ? खतरा त हामी तरुनी केटीहरुलाई पो छ त ..
बुढीले भनेछन : तिमीले देखिनौ त्यो फौजमा एउटा बुढा पनि छ ।

शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।

शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?
राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।

दुई जना पागल कुरा गर्दै थिए
पहिलो : यार म यो संसारको सबै हिरा मोती किन्ने बारे सोची रहेको छु ।
दोश्रो : होइन म तिमीलाई त्यो बेच्दै बेच्दिन कसरी किन्छौ ?

एउटा केटीले आफ्नो दिदी सँग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।

प्रेमिका : के तिमी मलाई साचै प्रेम गर्छौ ?
प्रेमी : हो , साचै म तिमीलाई प्रेम गर्छु , मैले आफ्नो लिस्ट हिजो फेरी चेक गरेको थिए ।

पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।

माधब नेपाल रक्सीले मातिदै सडकमा हिड्दै थियो , उनी एउटा खुट्टा दाँया र अर्को खुट्टा बाँया गर्दै लड्खडिदै हिड्दै थियो ।
त्यतिकैमा एउटा हवल्दारले देखेछ र नेपाललाई एक डण्डा हिर्काउदै भनेछ : ओई , खुट्टा समेट ठेगानमा छैन , कत्ती पिएको छस ।
नेपाल : धन्यबाद , मलाई सम्झाईदिनु भयो कि मैले पिएको छु भनेर , नत्र मैले त यो सम्झिदै थिए कि लँगडा भए भनेर ।

शिक्षक : तिमीहरुको परिक्षा नजिक आईसक्यो , अब कसैको मनमा कुनै प्रश्न छ भने सोधे हुन्छ ।
माधव नेपालको छोरा : उठ्यो र भन्यो , सर तपाईंहरु प्रश्न पत्र कहाँ छाप्दै हुनु हुन्छ ?

1 comment:

Anonymous said...

What a stuff of un-ambiguity and preserveness of valuable knowledge concerning unexpected feelings.


Also visit my web page ... Youtube video downloader

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु