सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

हातको ईशाराले चल्ने टि.भी.


प्रविधिमा आइरहेको निरन्तर विकासले हामीलाइ अनेक सुविधा दिएको छ । प्रविधिको एउटा चमत्कार सुन्न तपाइँ तयार हुनुहोस् । टीभीका शौखिनहरूका लागि अब नयाँ प्रविधि आइसकेको छ, जसलाइ रिमोट कन्ट्रोल चाहिन्न । उसले तपाइँको इशारा नै काफी हुन्छ । टीभी अगाडि उभिएर हातको इशाराले टीभीको च्यानल परिवर्तन गर्नेदेखि त्यसको आवाज नियन्त्रण गर्नेसम्मको सुविधा पाउनु हुनेछ । तोशिबाको क्याम्ब्रिज रिसर्च ल्याबरोटरीले क्याम्ब्रिज विश्वविद्यालयका इन्जिनियरिङ विभागको सहयोगबाट यो प्रविधिको विकास गरिएको हो । यो प्रविधि जोडिएको टीभी अगाडि जो व्यक्तिले इशारा गर्छ, उसैको आदेश मानेर आवाजमा घटबढ गर्छ । जो व्यक्ति टीभी अगाडि देखिन्छ, टीभीमा जडान भएको सिस्टम सक्रिय हुन्छ र उसले आफैँ टीभीको डिस्प्ले सिस्टमको कन्ट्रोल अप्सन देखाउन शुरू गर्छ । यसलाइ चलाउन तपाइँले हातको इशारा गरे मात्र हुन्छ । यो प्रविधिले तपाइँको हातको हल्लाइबाट के गर्ने भनेर बुझ्दछ । कम प्रकाश भएको बेलामा पनि यसले तपाइँको हातको मुभमेन्ट (हल्लाइ) थाहा पाउन सक्छ । तोसिवाका प्रोफेसर रोबर्टो सिपोला र डा. बिजर्न स्टेन्जर तथा इन्जिनियरिङ विभागका टम वुडलीका अनुसार, यो विधि ग्राहकहरूका लागि नयाँ र अनौठो अनुभव साबित हुनेछ । तर अझै पनि खोजकर्ताहरूका अनुसार यो प्रविधि रिमोट कन्ट्रोलजत्तिकै सशक्त चाहिँ हुने छैन । तर खोजकर्ताहरूले यस प्रविधिलाइ रिमोट कन्ट्रोल जत्तिकै सशक्त बनाउन चाहिँ अनुसन्धानलाइ जारी राख्ने बताइरहेका छन् ।
साभार:ईनशाडटकम

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु