
रौ सेतो हुने र तालुखुईलिने कारणमा चुरोट सँग के कती सम्बन्ध छ भन्ने बारे अनुसन्धान गरेको उक्त समुहले "ब्रिटिश मेडिकल जर्नल" मा निकालेको रिपोर्ट अनुसार सबै उमेर समुहका महिला र पुरुषमा गरिएको सर्बेक्षणले देखाएको नतिजामा तालुखुइले भईसकेका पुरुष मध्य ३५ प्रतिसत चुरोट खाने छन भने २१ प्रतिसत चुरोट नखाने छन , यस्तै चुरोट खाने मध्य १२ प्रतिसतको मात्र रौ पहिले जस्तो थियो त्यस्तै छ भने चुरोट नखाने मध्य ३२ प्रतिसतको रौ को कलर चेन्ज भएको छैन ।
६०० जना रोगीहरु बिच गरिएको यो अद्ययनमा यो कुरा त पत्ता लगाउन सकिएन कि उनिहरुको रौ फुल्नुको कारण चुरोट नै हो कि होइन भनेर । तर अर्को एउटा अध्ययनने यो सिद्द गरेर देखाएको छ कि चुरोट खानेहरुको अनुहार चाडैनै चाउरे पर्न थाल्छ भन्नुको मतलब अनुहार उमेर अनुसार जसरी चाउरे पर्दै जानु पर्ने हो त्यो भन्दा अगाडिनै चाउरे पर्न थाल्छ । यस्तो हुनुको कारण यो पनि हुन सक्छ कि चुरोट खाने मान्छेहरुलाई अनेक किसिमको रोग लाग्छ र यस्तै रोगको कारण त्यो मान्छेको अनुहार उमेर भन्दा अगाडिनै फरक देखिन गई चाडैनै बुढा बुढी जस्तै देखिन थालेको ।
अब यो निर्णय गर्ने काम तपाईंकै कि चुरोट खाएर चाडै बुढो देखिने कि , खान छोडेर टन्नेरी बनी राख् ने ... ...
1 comment:
i like this point thanks for giving information for adults thanks very much
Post a Comment