सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

होसियार चुरोटले तालु खुइले बनाउला

ब्रिटेनका अनुसन्धानकर्ताहरुले अहिले यो पत्ता लगाएका छन कि चुरोट खाँदा त्यसले फोक्सो मात्र बिगार्ने होइन अनुहारको छाला छट्टै चाउरे बनाउने र टाउकोको रौ सेतो हुने रोग समेट लाग्छ । त्यती मात्र नभई चुरोट खानुकै कारणले कतीपय मानिसमा तालुखुईलिने रोग पनि लागेको पत्ता लागेको छ ।
रौ सेतो हुने र तालुखुईलिने कारणमा चुरोट सँग के कती सम्बन्ध छ भन्ने बारे अनुसन्धान गरेको उक्त समुहले "ब्रिटिश मेडिकल जर्नल" मा निकालेको रिपोर्ट अनुसार सबै उमेर समुहका महिला र पुरुषमा गरिएको सर्बेक्षणले देखाएको नतिजामा तालुखुइले भईसकेका पुरुष मध्य ३५ प्रतिसत चुरोट खाने छन भने २१ प्रतिसत चुरोट नखाने छन , यस्तै चुरोट खाने मध्य १२ प्रतिसतको मात्र रौ पहिले जस्तो थियो त्यस्तै छ भने चुरोट नखाने मध्य ३२ प्रतिसतको रौ को कलर चेन्ज भएको छैन ।
६०० जना रोगीहरु बिच गरिएको यो अद्ययनमा यो कुरा त पत्ता लगाउन सकिएन कि उनिहरुको रौ फुल्नुको कारण चुरोट नै हो कि होइन भनेर । तर अर्को एउटा अध्ययनने यो सिद्द गरेर देखाएको छ कि चुरोट खानेहरुको अनुहार चाडैनै चाउरे पर्न थाल्छ भन्नुको मतलब अनुहार उमेर अनुसार जसरी चाउरे पर्दै जानु पर्ने हो त्यो भन्दा अगाडिनै चाउरे पर्न थाल्छ । यस्तो हुनुको कारण यो पनि हुन सक्छ कि चुरोट खाने मान्छेहरुलाई अनेक किसिमको रोग लाग्छ र यस्तै रोगको कारण त्यो मान्छेको अनुहार उमेर भन्दा अगाडिनै फरक देखिन गई चाडैनै बुढा बुढी जस्तै देखिन थालेको ।

अब यो निर्णय गर्ने काम तपाईंकै कि चुरोट खाएर चाडै बुढो देखिने कि , खान छोडेर टन्नेरी बनी राख् ने ... ...

1 comment:

kris said...

i like this point thanks for giving information for adults thanks very much

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु