सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Copy whole website on your hard-disk

के तपाईंले कहिले यो सोच्नु भएको छ कि कुनै वेबसाईट पुरै आफ्नो harddisk मा कपि गर्ने र आफुले चाहेको बेलामा ईन्टरनेट कनेक्सन नभए पनि उक्त वेबसाईटलाई खोलेर सम्पूर्ण पेजहरु हेर्ने ... । के तपाईंले सोच्नु भएको जस्तो गर्नु सम्भब छ त ? अबस्य पनि सम्भब छ ।
आज तपाईंहरु समक्ष यही वेबसाईटलाई direct आफ्नो harddisk मा कपि गर्ने बिषयमा चर्चा गर्न लागि रहेको छु ।

httrack यस्तै एउटा software हो जसको मद्घतले हामीले आफुले चाहेको वेबसाईटलाई आफ्नो harddisk मा कपि गरेर राख्न सक्छौ । यो सफ्टवेर offline browser utility को लागि एकदम सजिलो छ र यो सफ्टवेरको मद्घतले हामीले उक्त वेबसाईटको html,images,music मात्र होइन अरु सबै फाइलहरु सर्भर बाट हासिल गर्न सक्छौ ।
वेबसाईट कपि गर्ने procress पनि एकदम सजिलो छ र जब तपाईंले कुनै वेबसाईटलाई कपि गरिसके पछीको result हेर्नु हुन्छ तपाईं एकदम impressive हुनु हुनेछ । आफ्नो harddisk मा कपि गरिसेको वेबसाईट जब तपाईंले without internet connection खोलेर हेर्नु हुनेछ त्यो ईन्टरनेटमा बसेर खोलेको झै देखिने छ , तपाईंले त्यहा भएको सबै लिन्क हरु त्यस्तै पाउनु हुनेछ र उक्त लिन्क हरु भित्र छिर्न पनि सक्नु हुन्छ जसरी हामी अन्लाईनमा बसेर गर्न सक्छौ ।

यो सफ्टवेर download गर्न यहाँ क्लिक गर्नुहोला
यो software download को official website को लागि यहाँ क्लिक गर्नुहोला

प्रयोग गर्ने तरिका :

@ सर्बप्रथम यो software आफ्नो कम्प्युटरमा install गर्नुहोला ।
@ अब यो software खोलेर तल Next बटन थिच्नु होला ।
@ project name भन्ने ठाउमा आफ्नो प्रोजेक्टको नाम अथवा कुन वेबसाईट कपि गर्न लाग्नु भएको हो त्यो वेबसाईटको address हाल्नुहोस ।


@ Base path मा वेबसाईट कहाँ निर save गर्ने हो ? browse गरेर पथ दिनुहोस ।


@ Action मा download web site(s) राखेर Add URL गरेर कपि गर्न चाहनु भएको वेबसाईट को address राख्नुहोला अथवा तल सिधै वेबसाईटको address टाईप गर्दा पनि हुन्छ ।


@ अब next गर्नुहोस् , वेबसाईट कपि हुन थाल्नेछ । कती समय लाग्छ त्यो वेबसाईटको प्रक्रिती हेरेर हुन्छ । निकै धेरै लिन्क भएको ठुलो वेबसाईट हो भने टाईम धेरै लाग्न सक्छ किनकी यसले उक्त वेबसाईटको एक एक लिन्क सबै कपि गर्छ ।


@ सबै complete भईसकेपछि अन्तिममा finish बटन press गर्नुहोस् ।


@ अब कपि गरेको साईट हेर्न तपाईंले कुन location मा कुन folder मा save गर्नु भएको हो त्यो फोल्डर खोल्नु होला र त्यहा Index लेखिएको फाइललाई डबल क्लिक गरेर खोल्नुहोस ।
@ त्यहा तपाईंले कपि गर्नु भएको साईट अथवा तपाईंले अगी सुरुमा project name लेख्नु भएको देखिनेछ त्यसलाई क्लिक गर्नुहोस् । अब तपाईंको कम्प्युटरमा ईन्टरनेट connection नभए पनि उक्त वेबसाईट चल्नेछ ।

4 comments:

hi said...

thank you sir.
this is very useful for our daily life.
sir yours blog is very useful for all nepali.

hi said...

thank you sir
this is very useful for our daily life.

रमेश केसी said...

रमेश जि आज त मनले खोजेको नै भेटियो। सधैं पेज मात्र शेभ गरेर अफ लाइनमा हेर्ने गर्थे। अब भने होल साईट नै हेर्नुपाइने भो। thanks a TON

Ramro Nepali News said...

wow ramro lagyoo sayad tapai sanga computer ko gyan ramro 6 hola ok keep it up broo

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु