सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Add Image to Folder Background in WinXP

विन्डोज XP मा फोल्डर background इमेज राख् ने तरिका :

यहाँ अहिले म कुनै software को प्रयोग बिना विन्डोज XP को फोल्डरमा background इमेज राख्ने बारे चर्चा गर्न लागेको छु । शायद तपाईंहरुले यस बारे सोच्नु भएर पनि गर्न सकी राख्नु भएको छैन भने तल उल्लेखित step अनुसार गर्नु भयो भने सजिलै आफ्नो फोल्डरहरुमा आफुले चाहेको background इमेज राख्न सक्नु हुनेछ । तपाईंले यसो गरेर आफ्नो साथी भाईहरु माझ स्मार्ट बनेर देखाउन सक्नु हुनेछ ।

१) सब भन्दा पहिला डेस्कटपमा कुनै एउटा नयाँ फोल्डर बनाउनुहोस् , त्यसको लागि डेस्कटपमा राईट क्लिक गर्नुहोस् र new मा गएर फोल्डर मा क्लिक गर्नुहोस् ।
२) उक्त फोल्डरलाई double क्लिक गरेर खोल्नुहोस् ।
३) तल उल्लेखित code लाई कपि गर्नुहोस् ।
[{BE098140-A513-11D0-A3A4-00C04FD706EC}]
ICONAREA_IMAGE=
४) तपाईंले अघी खोल्नु भएको फोल्डर भित्र राईट क्लिक गर्नुहोस् र new मा गएर text document मा क्लिक गर्नुहोस् । त्यहा अब new text document नामको txt फाइल बन्नेछ त्यो फाइललाई double क्लिक गरेर खोल्नुहोस् र अगी कपि गरेको code लाई त्यहा paste गर्नुहोस् ।
५) background इमेजको location कपि गर्नुहोस् त्यसको लागि तपाईंले राखन चाहनु भएको इमेज कहाँ निर छ खोल्नुहोस् र माथि address बारको location लाई कपि गर्नुहोस् ।
६) अब अगी code पेस्ट गरेको ठाउमा ICONAREA_IMAGE= पछि background इमेजको location paste गरीदिनुहोस् र last मा "\" tag दिएर image को name टाईप गरेर ".jpg" राखिदिनुहोस् ।
७) यो फाइललाई अब file मा गएर save as गर्नुहोस् र फाइल name desktop.ini र तल all files छानेर save गरी दिनुहोस् ।
८) अब सबै फाइल folder लाई बन्द गरिदिनुहोस् र अगी desktop मा बनाउनु भएको folder मा राईट क्लिक गर्नुहोस् र properties > costomize > change icon गर्नुहोस् र कुनै एउटा icon छानेर apply > ok गर्नुहोस् ।
९) अब तपाईंले बनाउनु भएको फोल्डर खोलेर हेर्नुहोस् , फोल्डरको background इमेज तपाईंले रोजेको बसिसकेको हुनेछ ।

तपाईंहरुलाई केही confuse छ भने तल मैले भिडियो tutorial पनि हालीदिएको छु त्यसमा हेर्नु होला ।







1 comment:

Anonymous said...

how to remove again that picture from folder

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु