सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

डेस्कटप अथवा विन्डोज explorer मा राईट क्लिक भएन भने

तपाईंको कम्प्युटरमा डेस्कटप वा windows explorer मा राईट क्लिक नभएर समस्यामा हुनु हुन्छ ? यदि यस्तो समस्या छ भने तल उल्लेखित २ वटा बाटो अपनाएर यो समस्या हल गर्न सकिन्छ । यस्तो लागि तपाईंले आफ्नो कम्प्युटरको group policies मा र registry editor मा केही चेन्ज गर्नु पर्ने हुन्छ ।
पहिलो तरिका ( Group Policy Editor ) मा :

आफ्नो कम्प्युटरको context menu (right click) Group Policy Editor बाट re-enable गर्न
१) start > Run र त्यहा gpedit.msc टाईप गर्नुहोस् ।
२) अब यो location सम्म जानुहोस्
User Configuration –> Administrative Templates –> Windows Components –> Windows Explorer
३) दाँया तिरको pane मा यो key खोज्नुहोस्
“Remove Windows Explorer’s default context menu”
४) यो key लाई double क्लिक गरेर खोल्नुहोस् ।
५) यदि यो enabled अथवा not configured छ भने यस्लाई disable गर्नुहोस् ।
६) तपाईंको context menu (right click menu) फर्किनेछ जब तपाईंले policy मा यो apply गर्नुहुनेछ ।

दोस्रो तरिका ( Registry Editor ) मा :

कम्प्युटरको context menu (right click) Registry Editor बाट re-enable गर्न
१) Start > Run र त्यहा regedit टाईप गर्नुहोस् ।
२)अब यो location सम्म जानुहोस् ।
HKEY_CURRENT_USER –> Software –> Microsoft –> Windows –> CurrentVersion –> Policies –> Explorer
३) दाँया तिरको pane मा "NoViewContextMenu" भन्ने key छ भने त्यसको value "0" हालिदिनुहोस् ।
४) यस् बाट पनि भएन भने यो location सम्म पनि गएर हेर्नुहोस् ।
HKEY_LOCAL_MACHINE –> Software –> Microsoft –> Windows –> CurrentVersion –> Policies –> Explorer
५) यहाँ पनि दाँया तिरको pane मा "NoViewContextMenu" भन्ने key छ भने त्यसको value "0" हालिदिनुहोस् ।

* यदि तपाईंहरुलाई कम्प्युटर सम्बन्धी सामान्य जानकारी छैन भने आफ्नो कम्प्युटरको registry editor (regedit) नचलाऊनु नै राम्रो हुन्छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु