सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

फाइल Delete गर्दा Recycle Bin लाई Bypass गर्ने तरिका

तपाईंले कुनै पनि फाइललाई डिलिट गर्नु हुन्छ भने त्यो फाइल Recycle Bin मा गएर बस्छ त्यो त सबैलाई थाहा छदैछ । यसरी RecycleBin मा गएको फाइललाई तपाईंले फेरी चाहनु भयो भने Restore गर्न सक्नु हुन्छ । तर यसरी फाइल डिलिट गर्दा गर्दा धेरै फाइलहरु Recycle Bin मा जम्मा हुँदै जान्छन र कम्प्युटरको स्पेस यसले खान्छ , त्यसैले बेला बेलामा तपाईंले आफ्नो कम्प्युटरको Recycle Bin लाई Clean गरी राख्नु पर्छ । यदि तपाईं यसरी डिलिट गरेको फाइलहरु Recycle Bin मा नपठाइ सिधै डिलिट गर्न चाहनु हुन्छ भने तलको तरिका अपनाउन सक्नु हुन्छ ।

१) Recycle Bin मा राईट क्लिक गर्नुहोस् र Properties मा जानुहोस् ।
२) Globle Tab मा Use one setting for all drives मा जानुहोस् ।
३) Do not move files to the Recycle Bin लेखिएको चेक बक्समा tick लगाउनुहोस् र ओके गर्नुहोस् ।

अब तपाईंले कुनै पनि Disk को फाइल डिलिट गर्नु भयो भने Recycle Bin मा नगई सिधै डिलिट हुन्छ ।

अथवा,
तपाईंले Properties मा चेन्ज नगरि यो तरिका बाट पनि Recycle Bin लाई bypass गर्न सक्नु हुन्छ ।
१) कुन फाइल डिलिट गर्ने हो त्यो फाइललाई सेलेक्ट गर्नुहोस् । धेरै फाइल छन भने सबै फाइललाई सेलेक्ट गर्नुहोस् ।
२) keyboard को Shift key + Delete key प्रेस गर्नुहोस् ।
३) तलको picture मा जस्तो मेसेज देखा पर्नेछ


४) Yes गरिदिनुहोस् ।
अब तपाईंको फाइल Recycle Bin मा नगई सिधै डिलिट हुन्छ ।

यो Trick यस्तो बेला काममा आउछ जब तपाईं एकदम sure हुनु हुन्छ कि तपाईंले डिलिट गर्न खोज्नु भएको फाइल तपाईंलाई अब काम लाग्दैन । कामै नलाग्ने फाइल छ भने किन उक्त फाइललाई Recycle Bin मा पठाउने ?

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु