यदि तपाईंले आफ्नो कम्प्युटरको Power बटन प्रेस गर्नु भयो भने कम्प्युटर आफै shutdown हुन्छ यो विन्डोज XP को By Default setting हो तर यसो गरे कसो होला कि तपाईंले Power Button प्रेस गर्नु भयो भने आफै shutdown नभईकन Shutdown menu open होस् र तपाईंलाई option होस् कि कम्प्युटरलाई shutdown गर्ने कि restart गर्ने कि cancel गर्ने । Especially यो यती बेला काममा आउछ जब तपाईंको घरमा सानो सानो केटाकेटीहरु खेलीराखेका छन र तपाईं कम्प्युटरमा महत्वपूर्ण काम गर्दै हुनु हुन्छ त्यती खेरै कसैले अचानक Power Button प्रेस गरी दियो ।
तलको तरिका अपनाएर सजिलै यो setting चेन्ज गर्न सक्नु हुन्छ ।
१) Desktop मा राईट क्लिक गर्नुहोस् र Properties मा जानुहोस् ।
२) Screen Saver Tab मा जानुहोस् र दाँया तिर तल भएको Power Button मा क्लिक गन्रुहोस् ।
३) अब Power Options Properties को window खोलिन्छ त्यस भित्र Advanced Tab मा जानुहोस् ।
४) त्यहा 'Power Button' section मा dialoag box मा option छान्नुहोस् कि Power Button प्रेस गर्यो भने के गर्ने भनेर ।
५) त्यहा 'Ask me what to do' option छान्नु भयो भने Power Button प्रेस गर्दा shutdown menu display हुनेछ ।
६) ओके गरिदिनुहोस् र कम्प्युटर restart गर्नुहोस् ।
यसरी तपाईंले आफ्नो कम्प्युटरको Power Button option चेन्ज गर्न सक्नु हुन्छ ।
मुस्ताङको त्यो रहस्यमय गुम्बा
2 days ago
No comments:
Post a Comment