सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

जिव जन्तुहरुको नेतागिरी




सँसारमा धेरै नै भाषामा अनुवाद भईसकेको संस्कृत भाषाको कृति पञ्चतन्त्रमा धेरै नै जिवजन्तुको कथाहरुले भरिएको छ । त्यसमा भएको कथाहरुमा हरेक पशुहरुको राजा, रानी, मन्त्री राजकुमार आदिको रुपमा चित्रण गरी शासन ब्यबस्थाको बारेमा व्याख्या गरिएको छ । समिक्षकहरुले यो कृतिलाई कल्पना शक्तीको चमत्कार भन्ने गरेका छन तर जिवबिज्ञान सम्बन्धी अध्ययन गर्ने बैज्ञानिकहरुबाट जनावरहरु बारे नयाँ नयाँ तथ्य बाहिर ल्याइरहेका छन । यसबाट के थाहा हुन्छ भने पञ्चतन्त्र मात्र कोरा कल्पनाको उपज हैन ।

यो संसारमा मानिसहरुको मात्र हैन जिवजन्तुहरुले पनि आफ्नो नेता छान्ने र नेत्रित्व आफ्नो हातमा पार्न संघर्ष गर्ने र आफ्नो बथानहरुलाई नेत्रित्व प्रदान गर्ने प्रथा भएको थाहा लागेको छ ।

@ गाईहरु मुखिया हुन घोराघोर लड्छन । लडेर जितेको गाई मुखिया हुन्छ र त्यही मुखियालाई अगाडि लगाएर अरु गाई पछि पछि लाग्छन , गाईहरु मात्र हैन गोरुहरु पनि त्यही मुखियाको पछाडि पछाडि लाग्न वाध्य हुन्छन ।
@ च्याङ्रग्राहरुलाई भने गाईहरु जस्तो लड्नु पर्दैन, उनिहरुले सबैलाई मनपर्ने एउटालाई नेता बनाउछन र त्यही नेतालाई अगुवा मानि सबै त्यो नेताको सँगसगै हिड्छन । च्याङ्रग्राहरुको यही कमजोरीको मानिसहरुले फाईदा उठाउछन , च्याङ्रग्रा मार्ने बेलामा त्यही नेतालाई चिनेर पहिला मारी दियो भने अरु च्याङ्रग्राहरु आँफै मर्न लाइन लाग्छन ।
@ गधाहरुको बिचमा जो सबै भन्दा फुर्तिलो र होसियार हुन्छ त्यो नै गधाहरुको सरदार हुन्छ । कहिले केही खतराको महसुस गर्‍यो कि त्यही सरदार गधाले धेंचु धेंचु कराउदै अरु गधाहरुलाई सावधान गर्छन् ।
@ भैंसीहरुको बथान बाहिर चरेर आफ्नो मालिकको घरमा फर्किए पछि आफुहरु घरमा फर्किएको सुचना दिन एउटा मात्र भैंसी "भाँSS" भनेर कराउछ ।
@ घोडा, खच्चर र उँटहरुको बगाल अगाडी बढ्दै गर्दा सबै भन्दा अगाडि भएकोले कता कता लैजान्छ पछाडि आउनेहरु त्यतै त्यतै लाग्छन ।
@ हातीहरुको नेता प्राय: जसो पोथी नै हुन्छन । पोथी हातीलाई उसमा भएको शरीरिक बल, इमान्दारी र स्वभाब हेरेर नेता चुनिन्छ । नेता भईसकेपछि त्यो पोथी हातीले आफ्नो बथानलाई कडा अनुशासनमा राख्छन । अरु हातीहरुलाई केही सुचना दिनु पर्‍यो कि त्यो नेता हातीले अचम्म लाग्दो ब्यवहार गर्छ , नेता हाती उफ्री उफ्री माटो खन्छ र त्यो माटो आफ्नो सुँडले उठाइ हावामा उडाउछ , यसरी माटो हावामा छरीसकेपछी अरु हातीहरुले त्यो माटोको गन्ध सुंघेर आफ्नो नेता कता छ र उसले के सन्देश दिन लागेको छ भनेर सबै त्यो नेता हाती भएको ठाउँमा डौडेर पुग्छन ।
@ गुरिल्ला, चिम्पान्जी वा बबुन जातीको बाँदरहरुको सरदारले बथानमा भएका सबै राम्री राम्री बाँदरनीहरुलाई आफ्नो अधिकारमा लिन्छ र अरु बाँदरहरुलाई पोथीनै नपाउने गरी दिन्छ । एउटा सरदार मर्यो कि अर्को सरदार छानिन्छ र सरदार भएको बाँदरको कर्तब्य आफ्नो बथानमा भएका सबै बाँदरहरुको रक्षा गर्ने र बँश बृदि गर्ने हुन्छ । बानुन जातीको बाँदर कसै सँग लड्न जादाखेरी सबै भन्दा अगाडि बस्छन र फर्किने बेलामा अरु सबै साथीहरु फर्की सके पछि मात्र आफु फर्किन्छ ।
@ माछाहरु बिचमा कोही पनि माछा आफ्नो सिमा नाघेर जान खोज्यो भने नेता माछाले त्यो माछालाई नराम्रो सँग टोकी दिन्छ ।
@ नेतागिरीको लागि सबै भन्दा नराम्रो सँग लड्ने जाती कुखुरा हो । कुखुराहरुको बिचमा एकजना भन्दा बढी नेता देखा पर्‍यो भने फैसला नभए सम्म उनिहरु लडिरहन्छन । यसरी एक चोटि फैसला भईसकेपछि त्यो नेता कुखुरालाई कसैले छुन सक्दैन । त्यो नेता कुखुराले दाना खाइरहने बेलामा वा फुल पार्ने बेलामा अरु कुखुराहरु उसको छेउमा जान सम्म डराउछन भने त्यो नेता कुखुराले दादागिरी देखाउदै अरुले खाइरहेको दाना खोसेर खाईदिन्छ र अरुले फुल पार्ने बेलामा जिस्क्याइ रहन्छ ।

2 comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु