बाट : सुबाश भण्डारी
हिडे छेउ लाग्छ, बसे लेउ लाग्छ, भने झै मनको व्यथा कसैको सामु पोखु भने पागल हुन थालेछ कि भन्छन, भन्न पर्ने नपोखी बसु भने मानसिक वेदना असहृय हुने, छटपटाई रहनु पर्ने । विगतको दिन तिमी सामु आफ्ना दुख,पिर पोख्ने वानी थियो, तर आहिले आज विवश छु, कापीको पाना मार्फत मसि बनेर छरिन ।
हुन त नरम स्याउ हुदा हुदै कसैले पनि हाडे ओखर टोक्दैन होला । नजिकको खुर्सानीले दिने काम टाढाको मसलाले गर्दैन । यतिखेर म शब्दका थुँगाहरुलाई गुथेर माला बनाउने तरखरमा छु । लालुपाते, गुलाफ, सुनगाभा, लाली गुराँस मनभरी सजाएर एउटा चोखो मन विहानीको शित संग लडिबुडि गदै तिमीलाई पठाउदै छु । यसमा माया ममता पाएमा एक चोटि चुमेर मुटुमा सांची राख । अलिकति विश्वास छ भने विवेक साट, प्रेमले पस्किएका परिकार छन भने स्वादष्टिले जिब्रो पड्काउ, सक्छौ भने यि मायाका कोशेलि र चिन्हहरु, वताउदै लग । सक्दीनौ भने जहांको तहिं सिमित राख, त्यहि ठिक छ । विन्ति... टुक्राउने, फुटाउने, घायल गराउने कोशिश नगर ।
तिम्रो अनुहारलाई आँखा भरि पालेको छु । प्रत्येक रात सपनाको सट्टा तिम्रो मुहारलाई परेलीसँग खेलाएको छु । तिम्रो यादमा निद संग विउझिएको छु । तिम्रो पुजारी वनेको छु । यदि तिमीले बगैचाको कोपिला टिप्न दिन्नौ भने केवल भक्ति भाव र तपस्यामा वस्नु शिवाय के नै हुन्छ र प्रेममा एउटा पत्थर शिलालेख टूक्रन सक्छ तर मुटुको लेख कहाँ टुक्रन सक्छ। वर्तमानमा घटेका घटना देखि मन डराएको भए पनि वोकेर यात्रामा निस्केको छु । कदमहरु कतै लर्खराए भने मनभरी मायाहरु फुलाएर हातभरी चोखो स्पर्षहरु लुकाएर जे साहारा दिन सक्छौ, त्यसैको अपेक्षामा रहेको छु । मनका आशा र लोभले जति तिमीमा घचघचाए पनि अठोटले पाइला चुम्ने गर ।
म त भन्छु पत्र तिम्रो तस्विर हो भने, त्यसका अक्षर भने मेरा लागि भोजन हुन । तिमीले दिए खान पांए...........
अवश्य पत्र छिट्टै यो भोक मा भोजन बनी आउने आशाका साथ छोटो पत्रको लामो सझंनाका साथ विदा हुन चाहन्छु ।
कहाँ हराएँ म ?
1 day ago
No comments:
Post a Comment