
बाट :
सुमन खड्का
बिराटनगर १ ( शान्ति चोक )
सँगै जिउने वाचा कसम तोडिएछ आज
पराई भईछ निष्ठुरी मलाई छोडि आज
साचो माया होइन रहेछ थाहै भएन मलाई
मुटु भित्र काँडा बिझी पराई भईछ आज
कता कता मुटु दुख्छ अतितलाई सम्झी
घायल भयो यो जिन्दगी धोका पाउदा आज
फूलजस्तो उसको ह्रिदय पत्थर भएछ
अजम्बरी नमेटिने घाऊ लगाइ आज
निश्चल मायामा रम्ने आशा गर्दागर्दै
पानी बिनाको माछा भयो कुसुम आज
No comments:
Post a Comment