सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

एकछिन रमाइलो गरौ न त हुन्न ???

एउटा जापानिज पर्यटक ट्याक्सीमा चढेर एयरपोर्ट लागेछ । बाटोमा एउटा टोयोटा गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । एक छिनमा पजेरो देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । फेरी एक छिन पछी निसान गाडी देखेछ र भनेछ, मेड इन जापान वेरी फास्ट । ड्राइभरलाई साह्रै झ्याउ लागेछ । एयरपोर्ट पुगेपछि मिटरमा रु ८०० चढेको देखेर पर्यटक जिल परेछ । अनि सोधेछ, कति महँगो ? नेपाली ड्राइभरले मिटर देखाउदै भनेछ: मेड इन जापान, वेरी फास्ट ।

एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो । एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो । ऊ दिक्क भयो र डराएर
डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?"
डाक्टरले भन्यो: मैले अप्रेशन मात्र तिम्रो गरेको थिए , सारा गाँउलेको होइन् ।

दुईजना कर्मचारी कुरा गर्दै
पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?
दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ...त्यहि मासुको भुटुवासँग...दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?
पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।
दोश्रो: हँ ! किन ...?
पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।

एक बृद्दा अस्पतालमा चेकअप गर्न गईन र एउटा जवान डाक्टरले उनीलाई क्याबिन मा लगेर चेकअप गर्न थाल्यो तर अचानक बृद्दा चिच्याउदै बाहिर आई। त्यो देखेर सिनियर डाक्टरले सबै कुरा बुझ्न चाहयो र त्यसपछि जवान डाक्टरलाई हकार्दै भन्यो:- तपाईको दिमाग ठिक मा त छ, तपाई ६५ बर्षको बृद्दालाई गर्भवति भन्दै हुनु हुन्छ?जुनियर डाक्टर:- सर म के गरुँ, उहाको बाडुली रोक्ने अर्को उपाया नै मसँग थिएन।

बिक्रम: आजको परिक्षा कस्तो भयो ।
राम: एकदम नराम्रो मैले त सबै कपि खालिनै बुझाएँ ।
बिक्रम: मैलेपनि यस्तै गरेँ ।
राम: हे भगवान तिमिले यो के गरेको अब हामिलाई एक अर्काको नक्कलको आरोप लाग्ने भयो ।

एक जना मान्छे हस्पिटलमा गएर डाक्टरसँग
मान्छे: ५ किलो आलु दिनुस न।
डाक्टर:यहाँ आलु पाईदैन।
मान्छे:३ किलो मात्र भए पनि दिनुस न त:
डाक्टर:यहाँ आलु सालु पाईदैन भनेको..
त्यसपछि त्यो मान्छे त्यहाबाट गयो र एक अर्का मान्छे
आइपुग्यो र सोध्यो..
के भयो ...तपाई रिसाएको जस्तो देखिनुहुन्छ नि?
डाक्टर: मान्छे देखाउदै..त्यो मान्छे यहाँ मलाई आलु मागेर हैरान नै गर्यो भन्या..?
दोस्रो मान्छे रिसाउदै: त्यसलाई त्यति नि थाहा छैन।
झन यहाँबाट प्याज लिएर आईज भनेर पठाको त।

राजु : मुन्द्रे तिमि मोहनको विहेमा किन नगएको ?
मुन्द्रे : यसको कारण छ ।
रामु : के कारण छ त ?
मुन्द्रे : खास कारण त केहि होईन तर उस्ले मलाई बोलाएकै थिएन ।

पत्नी बिमारी भएकोले श्रीमानले डाक्टरलाई घरमा बुलायो। बुढा डाक्टर आफ्नो ठुलो ब्याग लिएर आयो र पत्नीको चेकअप गर्नको लागि श्रीमानलाई बेडरुमबाट बाहिर निकालि दियो। एकै छिन पछि डाक्टरले श्रीमानसगँ हथौंडा माग्यो। फेरी चक्कु माग्यो, फेरी पेचकस, फेरी प्लास......
आखिरमा तपाईं के गर्दै हुनुहुन्छ? बेडरुमको ढोका ढक्ढकाउदैं श्रीमानले भन्यो।
अँ, मेरो ब्याग नै खुली रहेको छैन् बुढा डाक्टरले जबाव दियो।

आइमाइको आठ बच्चा.........................
एउटा आइमाइको आठ बच्चा रैछन सबैको नाम राम रैछ यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ उसले सोधेछ तपाइलाई आफ्नो बच्चाहरु बोलाउन गाह्रो हुदैन सबैको नाम एउटै
आइमाई: हुदैन म नाम सगै थर पनि जोडेर बोलाउछु नि त

औषधि पसले : बहिनि यो औषधिले निको भएन भने फेरि यो पर्चा लिएर आउनु ल ।
विरामी : किन यो पर्चा ल्याउनु नि ?
औषधि पसले : म फेरि एक चोटि डक्टरको राईटिङ पढ्ने कोसिस गर्छु अनि अर्को औषधि दिन्छु ।

एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरु डाक्टर बोलाउन लगाए,
श्रीमती: आफै डाक्टर भएपछि किन अरुलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरुको भन्दा अलि महँगो छ, त्यसैले ।

बिरामी:- डाक्टर साब यो दुई दुई वटा थर्मामिटर किन?
डाक्टर:- एउटा मुखमा र अर्को खल्तीमा लगाउनको लागी।
बिरामी:- मैले त कुरा बुझीन नि डाक्टर साब?
डाक्टर:- मतलब मुखमा हालेको थर्मामीटरले तपाइको शरिर कति तातो छ भन्ने देखाउछ, र खल्तीमा राखेको थर्मामीटरले तपाइको खल्ती कति तातो छ भन्ने देखाउछ।

पागल:-त्यति जाबो पनि थाहा हुदैन त हजुर, मिर्गौला त कोखमा हुन्छ।
डाक्टर:-हँ! तैले कसरी थाह पाइस्?
पागल:-(दिमागमा हातले देखाउदै) यो सबै मेरो फोक्सोको कमाल हो।

दाँतको डाक्टर (रोगीसँग): तिमी पहिले के सुन्न चाहान्छौ, राम्रो खबर कि नराम्रो ?
रोगी (डाक्टरसँग): राम्रो खबर ।
डाक्टर: तिम्रो दाँत ज्यादै राम्रो छन् ।
रोगी: त्यसो भए नराम्रो खबर के हो त ?
डाक्टर: तिम्रो गिजा यति खराब भइसकेको छ कि मैले तिम्रो सबै दाँत उखेल्नु पर्नेछ ।

दन्त चिकित्सक (दाँत निकाले पछि): दिनोस् मेरो फि पच्चीस रुपैयाँ ।
रोगी (कराउदै): तर तपाईले त पाँच रुपैयाँ फि बताउनु भएको थियो ।
दन्त चिकित्सक: अरे भाई दाँत निकाल्ने समयमा तिम्रो कराएको आवाजले मेरो चार रोगी रफुचक्कर भईसके, तिनीहरुको फि कसले दिन्छ त ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु