सपना | फल |
आकाशमा मास्तिर उड्नु | टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ । |
आकाशमा उड्नु | लाभ हुन्छ । |
आकाशबाट झर्नु | समाजमा बेइज्जती हुन्छ । |
आकाश देख्नु | प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ । |
आकाशमा बादल देख्नु | सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ । |
पानी पर्नु | बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो । |
पानी एकै ठाउँ परिरहनु | परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो । |
बिजुलीका साथ पानी परेको देख्नु | बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ । |
जमीनसम्म देख्नु | दौलत मिल्छ । |
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु | संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ । |
आकाशका धूलो वा आँधी देख्नु | त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो । |
बिजुली देख्नु | मालदार हुइन्छ । |
जमीनमा मिल्नु | वरवाद होइन्छ, फरेबमा फसिन्छ । |
जङ्गलमा हिँड्नु | धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ । |
जङ्गलमा खानु पिउनु | धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ । |
माटो खानु | धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ । |
माटोमा हिँड्नु | धनी होइन्छ । |
ईनार खन्नु | आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ । |
इनारबाट सिँचाइ गर्नु | आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ । |
इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु | दीन वा दुःखीहरुको सेवा गर्छ । |
इनारबाट पानी पियाउनु | साधु वा महात्माको सेवा गर्छ । |
इनारबाट पानी निकाल्नु | आम्दानीमा वृद्धि हुन्छ । |
इनारमा झर्नु | मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ । |
इनारबाट निस्कनु | जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ । |
पानीमा हिँड्नु | कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ । |
खोलामा बाढी देख्नु | रीस या मुसीबतको सूचना हो । |
नदीमा अँध्यारो देख्नु | परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ । |
सोतो तर्नु | मरण नजीकिएको निशानी हो । |
नदी या कुलोमा नुहाउनु | कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ । |
भुसमा भासिनु | मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो । |
कुलाको फोहोर पानी पिउनु | कुनै रोगमा फस्ने सूचना हो । |
कुलोलाई अर्कातिर बगाउनु | शोक वा मुसीबत हटेर खुसी हुइन्छ । |
हौज देख्नु | कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ । |
नाउ देख्नु | शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ । |
नाउमा चढेको देख्नु | राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ । |
नाउबाट सुखा भुइँमा उत्रनु | दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ । |
नाउलाई सुखा मैदानमा देख्नु | मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ । |
जमीनमा केही बनाउनु | असल दिलको हुइन्छ । |
ताराको चमक देख्नु | राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ । |
तारा समूहलाई अति चम्किलो देख्नु | देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ । |
तारा निल्नु | चोरी गर्छ र तकलीफमा फस्छ । |
तारालाई हातमा लिनु | गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ । |
नाउसहित आफूलाई डुबेको देख्नु | राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ । |
पहाड देख्नु | शत्रुमाथि विजय प्राप्त हुन्छ । |
पहाडमा हिँड्नु | इज्जत मिल्छ, धेरै धन पाइन्छ । |
पहाडको मालिक हुनु | कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ । |
पहाडमा लडेको देख्नु | कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ । |
पहाडमा बाटो हिँडिरहेको देख्नु | धैर्यवान् वा साहसी हुइन्छ । |
पहाडमा प्वाल पार्नु | कसैसँग जालसाँजो गरिन्छ । |
पहाडमा चढ्नु | अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो । |
फूल देख्नु | प्रेमी/प्रेमिका मिलन |
पान खानु | स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने |
पिँजडा देख्नु | जेल-नेल पर्ने । |
हरियो वन देख्नु | शुभ समाचार मिल्ने । |
सुख्खा वन देख्नु | चिन्ता हुने । |
चन्द्रमा | प्रतिष्ठा मिल्ने । |
ग्रहण | आपत पर्ने । |
खाना बनाउनु | सन्तान बिरामी हुने । |
सुन पाउनु | धन जाने, हानी हुने । |
र्सप मार्नु | कष्टबाट छुटकरा पाउने |
हस्ताक्षर गर्नु | धनहानि हुनु । |
बिरालोले टोक्नु | दर्घटना पर्ने तर |
1 comment:
ali ali baki rahe6 tyo pani halnu. Just like :- ma6a ko sapana dekhnu, sarp ko sapana dekhnu, old sathi sang bhetnu, ma6a dekhnu etc
Post a Comment