
एकजना मन्त्रीले आफ्नो पि. ए. लाई आफुले दिनु पर्ने भाषण तयार पार्न लगाए । भाषणलाई त्यसबेलाको टाइपराइटरबाट टाईप गरी मन्त्रीलाई बुझाएछन । तर मन्त्रीको भाषण सुन्ने बित्तिकै सुन्नेहरु हुटिङ गर्न थालेछन ।
मन्त्री:( पि. ए. लाई झापार्दै ) तलाई छोटो मिठो भाषण तयार गर्नु भनेको हैन लाटा
पि. ए.: माफ गर्नुस मन्त्री ज्यु , मैले भाषण त छोटै बनाएको थिए तर हजुरले कार्वनकपीको तिनै प्रति पनि पढि भ्याए पछि मैले के गर्ने त ?
एउटा जोडी आफ्नो विवाहको रजत जयन्ती मनाउदै थिए । दुबैको उमेर साठी पुगेको थियो । त्यसदिन बिहान भगवान सँग साह्रै गहिरो प्रथाना गर्दा साचै देवता उनिहरुको अगाडि प्रकट भए ।
देवता: लौ माग, के माग्छौ त ?
पतिदेब: भगवान, मेरी पत्नीको आयु मेरो भन्दा ३० बर्षले घटाऊनु पर्यो ।
देवता: तथास्तु
एकछिन पछी त बुढोको उमेर ९० बर्ष पो पुगेछ ।
एउटा दाढीवाल पण्डित समुहमा कथा भन्दै थियो । कोही पनि उसको कथा ध्यानपुर्वक सुनिरहेका थिएनन तर एउटी बुढी भने आँसु झारी रहेकी थिई ।
पण्डित: आमै, तपाईंलाई त मेरो कथा साह्रै घत लागेको छ नि ।
बुढी: कुरो त्यसो हैन बाजे । हजुरको सेता दाढी देखेर पाँच बर्षअघि हराएको मेरो बोको सम्झेर पो खपी नसक्नु भाको मलाई ...
पुलिस अंकलको फोन बज्छ । इन्स्पेक्टरले फोन उठाउछ ।
इन्स्पेक्टर: हेलो, म इन्स्पेक्टर फलानो बोल्दैछु । भन्नुस् ।
अर्कोतिर बाट निक्कै आत्तिएको आवाज आउछ - तपाईं छिटै आईहाल्नु पर्यो । मेरो ज्यान खतरामा छ, उसले मलाई जिउदै निल्न लागेको छ क्या ।
इन्स्पेक्टर चकित हुँदै: कसले ?
- कालो बिरालोले क्या, बिरालोले ....
इन्स्पेक्टर झनै आष्चर्यमा पर्छ - जिउदै निल्न लागेको छ रे ? तपाईं को बोल्नु भाको ?
- म सुगा बोल्दै छु सुगा !
एकजना मान्छे काम खोज्ने क्रममा एकजना मेनेजरलाई अन्तर्वाता दिदै थिए ।
मेनेजर: तपाईं अन्तर्वातामा पास हुनु भयो । पहिलो ३ महिनामा तपाईंको तलब मासिक ३ हजार हुनेछ । त्यसपछि बाट महिनाको ६ हजार पाउनु हुनेछ । हुन्न र ?
बेरोजगार: हुन त हुन्छ, उसो भए म तीन महिना पछि नै आउँला नि सर हुन्न र ?
1 comment:
oho dherai ramro yaar .Keep it up. Add more and more
Post a Comment