
सोच्छु कहिले के हो यो जीन्दगी
दुई नदि बीचको किनार हो या फेरी
त्यही संगै बग्ने फोहर हो जीन्दगी ।
जिउदो रहनु हो जीन्दगी या फेरी
मृत्यु देखी डराउनु हो जीन्दगी
अस्तित्व गुमाउनु हो जीन्दगी या
इज्जत पाउनु हो जीन्दगी
घमण्डको अन्धकार रात्री हो याताराहरु जस्तै चम्कनु हो जीन्दगी
खुशीले हरपल विताउनु हो जीन्दगी या
दुःखको भँग्य सम्झेर अगाडी बढ्नु हो जीन्दगी
बढ्दो उमङ्ग हो या कायरता
आखिर के हो यो जीन्दगी
कसैको लागि दुःखको वादल
कसैको लागि शुखको सावन
कसैको लागि मृत्युको वेदना
कसैकोलागि मायाको आचल जस्तै
हरेक पल कट्छ यो जीन्दगी
मुठ्ठीबाट वालुवा खसेको जस्तो जीन्दगी
सम्झिन सकिन मैले
कहिले लाग्छ अल्झिएको कहिले सुल्झिएको
त्यसैले त म भन्छु
जीउ“नुको परिभाषा नै हो जीन्दगी
संघर्ष हो, शान्ति हो, आंधिवेहरी हो शितल छ
तृष्णा हो, प्रेम हो, चंचलता हो जीन्दगी
जीउनु हो मर्नु हो या मरेपछि जीउदो रहनु हो जीन्दगी
आसमन बस्नेत
गौर न.पां. –८, रौतहट
No comments:
Post a Comment