सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

साइबर जाँदा परिचयपत्र अनिवार्य

साइबर क्याफेमा गएर इन्टरनेट चलाउने गर्नुहुन्छ भने अबदेखि परिचयपत्र पनि लैजानुहोला। परिचयपत्र नभएका व्यक्तिलाई साइबर क्याफेले इन्टरनेट चलाउन नदिन सक्नेछन्। साइबर क्याफेबाट अपराधिक घटनालाई बल पुग्ने इमेल, एसएमएस गर्ने प्रवृत्ति देखिएपछि त्यसलाई नियन्त्रण गर्न नियामक निकायले परिचयपत्र हेरेरमात्र साइबर क्याफेमा प्रवेश दिन निर्देशन दिएको छ।
'साइबरमा आउनेको परिचयपत्र हेरेर मात्र प्रवेश दिनुपर्ने गरी हामीले इन्टरनेट सेवा प्रदायक (आइएसपी) हरुलाई निर्देशन दिएका छौं,' नियामक निकाय दूरसञ्चार प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।
यो निर्देशनअनुसार अब साइबर क्याफे सञ्चालकले ग्राहकको कुनै पनि किसिमको परिचयपत्र हेरेर मात्र प्रयोग गर्न दिनुपर्नेछ। 'साइबरमा आउनेको परिचयपत्र हेरेर उनीहरुको पूरा विवरणसहितको लगबुक राखेरमात्र चलाउन दिनुपर्नेछ,' न्यौपानेले भने।
साइबर क्याफे चलाउनेले हरेक कम्प्युटरलाई नम्बर दिएर ग्राहक कुन कम्प्युटरमा कति समय बस्यो भनेर विवरणसमेत राख्नुपर्नेछ। 'यस्तो गर्दा यदी कोही कसैले इमेलबाट धम्की दिइहालेको अवस्थामा पनि पत्ता लगाउन सजिलो पर्छ,' न्यौपानेले भने। सुरक्षा निकायले मागेको समयमा कुन कम्प्युटरमा को बसेको थियो र उसले कति समयसम्म प्रयोग गर्‍यो भन्ने विवरण समेत उपलब्ध गराउनुपर्नेछ।भारतलगायत अधिकांश देशमा साइबर क्याफेले ग्राहकको परिचयपत्रको फोटोकपी राखेरमात्र प्रयोग गर्न दिने नीति छ। नेपालमा भने अहिलेसम्म साइबर क्याफेमा गएर जोसुकैले जुनसुकै साइट खोलेर हेर्नसक्ने सुविधा छ।
साइबर क्याफेहरुले अश्लील साइटहरु नखोल्नको लागि आफ्ना ग्राहकलाई सूचना दिनुपर्ने नयाँ व्यवस्था पनि गरिएको छ। अहिले अश्लील साइट हेर्नेहरुमध्ये अधिकांशले साइबर क्याफेलाई प्रयोग गर्नेगरेको प्रहरीको रिपोर्ट छ।
प्रहरीकै सुझावका आधारमा प्राधिकरणले नीति बनाएर आइएसपीहरुलाई यस्तो निर्देशन दिएको हो।
'यो नीतिले इन्टरनेटमार्फत हुने अपराधिक घटनालाई कम गर्न सहयोग पुग्छ,' इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष विनय बोहोराले भने। अहिलेकै रुपमा साइबर क्याफेलाई छाड्ने हो भने इन्टरनेटको दुरुपयोग हुने देखिएकोले साइबर क्याफेलाई नियममा बाँध्न यस्तो नीति ल्याइएको हो।
नयाँ नीतिअनुसार साइबर क्याफे सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय वा उद्योग विभाग अन्तर्गतको कुनै पनि निकायमा दर्ता हुनुपर्नेछ। साइबर क्याफेहरु कर कार्यालयमा समेत दर्ता गर्नुपर्ने अनिवार्यता गरिएको छ।
प्राधिकरणका अनुसार यो नीति देशभरिका साइबर क्याफेको निम्ति लागु हुनेछ। निजी साइबर क्याफे, सूचना केन्द्रहरुले ग्राहकहरुको लागि आचारसंहिता बनाएर राख्नुपर्ने भएको छ।
'इन्टरनेटको माध्यमबाट धम्की, गालीगलौजका घटना हुन नदिन र अश्लिल साइट हेर्ने लतबाट जोगाउन यस्तो नीति ल्याउनुपर्ने आवश्यकता देखिएका हो,' प्राधिकरणका अर्का एक अधिकारीले भने। नेपालमा अहिले इन्टरनेट सेवा प्रदायक कम्पनी ३८ वटा छन्।
प्राधिकरणका अनुसार साइबर क्याफेमध्ये ९० प्रतिशत नेपाल टेलिकमका छन्। साइबर क्याफेको लागि नेपाल टेलिकमले सुरु गरेको एडिएसएल सेवा सस्तो भएकोले धेरै साइबर क्याफे एडिएसएलका ग्राहक छन्।

श्रोत: नागरिकन्युज

12 comments:

Dilip Acharya said...

ही...ही ...ही ...चुनावमा भोट हाल्न दिईने 'भोटर कार्ड' बनाउन नागरिकता अनिवार्य भन्दा त आन्दोलन हुने र परिचय पत्र बनाउने टोलीलाई लखेट्ने देशमा साइबर छिर्न परिचय पत्र त त्यस्तै हो ।

यस्तै यस्तै अव्यवहारिक नीति नियम बनाउन मात्रै जान्ने रहेछन हाम्रा नीति निर्माताहरु । भोली घरकै कम्प्युटर चलाउने बेलामा पनि आइडि टेबुलमा राख्नुपर्छ भन्ने नियम पनि बन्ने हो कि :)

वेदनाथ पुलामी ( उमेश ) said...

नियमका लागि नियम नबनोस !
लागु हुनको लागी नियम बनोस ! अरु के नै भन्नु छ र ?

Namastesansar said...

"कही नभएको जात्रा हाडी गाउमा"

sangson ''JAYA" said...

धान खाने मुसा चोट पर्ने भ्यगुता भनेको यही हो, 2/4 जनाले गल्ती गर्ने पिर् मार्क पर्ने सबैलाई....

Subash said...

दिलीप जिले भन्नु भएको कुरा चाही सहिलाग्यो, हाम्रा देशका ठूला बडा भनौदा नेताहरु कुर्सिमा बस्न जानेका छन् अनि लागु हुनै नसक्ने गरिका नियम बनाउन त जानेका छन् नि अरु त यिनिहरुलाई के नै पो गर्न आयो र ?

mingma said...

कही नभएको जात्रा हाडी गाउमा

Anonymous said...

ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .

pemba lama shyangba said...

najan jandhai na aaghan tero aafai kam bhighar6a aarulai dhos hahhahhahhahhha...........

pemba lama shyangba said...

कही नभएको जात्रा हाडी गाउमा ...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही नियमका लागि नियम नबनोस !
लागु हुनको लागी नियम बनोस ! अरु के नै भन्नु छ र ? ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही

pemba lama shyangba said...

ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही .ही...ही ...ही नियमका लागि नियम नबनोस !लागु हुनको लागी नियम बनोस ! अरु के नै भन्नु छ र

Anonymous said...

ke ho yo nepalmaa kunai kanun chhaina sambidhan chhaina, nahune nahune kura haru garnu janeko,,kasko kam yo feri yo? jun kura hunuchha tiyo chaina,,, nahune nahune kam garnu janeko yo nepalile,,,

Anonymous said...

kahi nabhayeko jatra hadigauma bhneko yohi ho ..............

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु