सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

अश्लील साइट बन्द सुरु

इन्टरनेट सेवा प्रदायक (आइएसपी) ले अश्लील वेबसाइट ब्लक गर्न सुरु गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक रूपमा नकारात्मक असर पर्ने भनी पहिचान गरेर ६० वटा साइट बन्द गर्न बुधबार आइएसपीलाई पत्र पठाएपछि यो काम सुरु भएको हो ।

गृह, सञ्चार मन्त्रालय र प्राधिकरणका प्रतिनिधिको एक संयन्त्रको बुधबार बसेको बैठकले सर्वसाधारणबाट आएका साइटमध्ये पहिचान भएकालाई बन्द गर्न आइएसपी कम्पनीलाई भन्ने निर्णय गरेको थियो । त्यसअनुरूप प्राधिकरणले पत्र पठाएको हो ।

'बुधबार ढिला करिब ६० अश्लील साइट बन्द गर्न प्राधिकरणले पत्र पठाएको थियो,' आइएसपी एसोसिएसनका अध्यक्ष विनय बोहोराले भने, 'ती साइटहरू कतिपय आइएसपी कम्पनीले बुधबारै बन्द गरिसकेका छन् ।' उनको कम्पनी भायोनेटले सबै साइट बुधबारै बन्द गरेको बताए । 'अश्लील साइट ब्लक गर्ने प्रक्रिया अब सुरुभएको छ,' उनले भने, 'बिहीबारसम्म प्राधिकरणले पहिलो चरणमा दिएका सबै साइट आइएसपी कम्पनीले बन्द गर्छन् ।'

पहिलोपटक पहिचान भएका यी साइट गृहले दिएको इमेल ठेगानामा सर्वसाधारणले पठाएका हुन् । गत साता गृह मन्त्रालयले सर्वसाधारणलाई गृह, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राधिकरण र सञ्चार मन्त्रालयको इमेल ठेगानमा यस्ता साइटको ठेगान पठाउन आग्रह गरेको थियो । जसमा सयौं ठेगाना आएको छ ।

'गृहले दिएको इमेल ठेगानामा धेरै वेबसाइटका ठेगाना आएका छन्,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने, 'त्यसमा पहिलो चरणमा पहिचान भएका ६० साइट बन्द गर्न पत्र पठाएका हौं ।' अश्लील साइट ब्लक गर्ने काम नेपालमा पहिलोपटक सुरु भएको हो ।

प्राधिकरणले आइएसपी एसोसिएसनलाई यसबारे पत्र पठाएको थियो । एसोसिएसनले कम्पनीहरूलाई यो जानकारी गराएपछि अश्लील साइट बन्द गर्न सुरु गरिएको हो । प्रवक्ता न्यौपानेले यो प्रक्रिया निरन्तर रहने बताए । 'अझै इमेलमा आएको धेरै साइटको ठेगानाबाट अश्लील हो/होइन पहिचान गर्न बाँकी छ,' उनले भने, 'तिनीहरूलाई पहिचान गरेर बन्द गर्न भन्छौं । थप आएका ठेगाना पनि पहिचान गरेर बन्द गर्न आइएसपी कम्पनीलाई दिने काम निरन्तर रहनेछ ।'

एसोसिएसनका अध्यक्ष बोहोराले प्राधिकरणबाट आएका मात्र नभई आफूहरूले नै पहिचान गरेका अश्लील साइट पनि बन्द गर्ने

बताए । उनले प्राधिकरणले पठाएको सबै साइट अध्ययन नगरी सोझै बन्द गर्ने काम भने आइएसपीबाट नहुने उनको भनाइ छ ।

'प्रक्रिया सुरु भयो । प्राधिकरणले दिएपछि हामी बन्द गर्छौं,' उनले भने, 'तर हामी आँखा चिम्लेर बन्द गर्दैनौं । आफू पनि एकपटक हेर्छौं ।' अश्लीलबाहेक राजनीतिक वा अन्य साइट पनि बन्द गर्न भन्दै पत्र आउन सक्ने सम्भाव्यतालाई मध्यनजर गरेर यस्तो गर्न लागिएको उनले बताए ।

अश्लील साइटको प्रयोगकर्ता पछिल्लो समयमा अत्यधिक रूपमा नेपालमा पनि बढेको अवस्थामा यसले आइएसपीको व्यापारमा सामान्य असर पार्ने उनले बताए ।

'ब्लक गर्नुको उद्देश्य बाल- बालिकाले सोझै हेर्न सक्ने अवस्था नहोस् भन्ने हो,' उनले भने । गृहको पहलमा केही महिनाअघि सुरु भएको अश्लील साइट बन्द गर्न प्राधिकरणले यसअघि नै आइएसपी कम्पनीको लाइसेन्समा भएको सर्त संशोधन गरेको थियो । त्यसअनुरूप आइएसपी कम्पनीले यस्ता साइट बन्द गर्नुपर्छ ।

श्रोत: ई कान्तिपुर डट कम

1 comment:

Unknown said...

tapainle lekhnu ta bhayo tara sabai site banda huna asambhav 6 kinaki kati wota site nepal ma khulchha bhanne yekin nai chhaina

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु