सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

गीत "तिमी निर्दोष बनी गइदियौ"


नजिक तिम्रो हुँदा–हुदै किन तिमी टाढा भइदियौ
गाँसेको थिए चोखो माया प्रीत किन तिमी छाडी गइदियौ
दोषी मलाई बनाई तिमी निर्दोष बनी गइदियौ
यो मुटु भित्र बसेको छ अझै पनि तिम्रै तस्वीर

आँखामा छ अझै तिम्रै तृष्णा
अन्धेरी रातमा आउछ तिम्रो झ–झल्को
सकिन मेरी माया तिमीलाई विर्सन

नजिक तिम्रो ............. टाढा भइदियौगाँसेको थिए ............. छाडी गइदियौ
दोषी मलाई .............. गइदियौ

दुःख सारा तिम्रा लिइ खुशि तिमीलाई दिएकै थिए
जीवनको यात्राभरी हात समाइ हिडेकै थिए
साथ दिन्छु जुनीभरी भन्थ्यौ एक्लै छाडी गइदियौ
मेरो माया छाडी गई आज पराई भईगयौ

नजिक तिम्रो ............. टाढा भइदियौ
गाँसेको थिए ............ छाडी गइदियौ
दोषी मलाई .............. गइदियौ

के कमि थियो भन मायालु मेरो मायामा
उज्यालो जीवन मेरो पारी गयौ अन्धकार छायामा
माया वाहेक केही दिन सकिन तिमीलाई मैले
विताउनु पर्याछ जीवन आज वियोगमा मैले

नजिक तिम्रो ............. टाढा भइदियौ
गाँसेको थिए ............. छाडीगइदियौ
दोषी मलाई .............. गइदियौ


आसमन बस्नेत “फन्टुस”

1 comment:

Anonymous said...

k ho aasman sir kaslai ho yo geet.

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु