सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

एकछिन हासौं, मूड फ्रेस गरौं हुन्न र ??

माग्ने: साहेब २० रुपैयाँ दिनुहोस् न कफी पिउनु मन लाग्यो ।
साहेब: किन २० रुपैयाँ नि ? कफी त १० रुपैयाँ कपमै आउछ त ।
माग्ने: साहेब, साथमा girlfriend पनि छ नि त ।
साहेब: माग्ने भएर girlfriend बनाएर हिड्छौ ?
माग्ने: होइन साहेब, girlfriend ले चाँही माग्ने बनायो ।


Husband र wife कतै जादै थियो । बाटोमा एउटा गधा भेटियो ।
wife: (जिस्किदै) तिम्रो नजिकको आफन्त हो नमस्ते गर ।
Husband: नमस्ते ससुरा बा ।

सासु (बुहारी सँग रिसाउदै):
भगवानले तँलाई २ वटा आँखा दिएको छ , चामलमा २ - ४ ढुङ्गा निकाल्न सकिनौ ??
बुहारी : तपाईंलाई पनि भगवानले ३२ वटा दाँत देको छ त २ - ४ वटा चपाउन सक्नु भएन त ?

- (आफ्नो साथीको आँखा रातो रातो देखेर) हैन तिम्रो आँखा किन यस्तो रातो रातो ?
- मेरो पति बिरामी छ नि त त्यसैले ...
- अनी तिमीले त कुनै नर्स राखेको छौ रे हैन उसलाई हेरबिचार गर्न ?
- अँ, त्यसै कारण त मलाई रात भरी जाग्नु पर्छ नि ।

गर्लफ्रेन्ड र boyfriend एक सुनसान ठाउमा बसीरहेका थिए ।Boyfriend ले Girlfriend लाई touch गर्न खोज्यो ।
Girlfriend: don't touch me. touch गर्ने भए बिहे पछि मात्रै .
Boyfriend: ओके त्यसो भए मलाई कल गर जब तिम्रो बिहे हुन्छ ।

चिया एक सर्को मात्र पिएको हुन्छ उसले चियामा झिङगा देख्छ । हत्तन पत्त चिया गिलास पर सार्दै
ग्राहक: साहुनी, चियामा त झिङगा परेको रहेछ । म त पिउदिन है अर्को दिनुहोस् ।
साहुनी: जुठो लगाइसकेको चिया सात्तिदैन ।
ग्राहक: हैन मैले जुठो लगाको छैन ।
साहुनी: अँ ढाट्नु पर्दैन, अघी मैले चिया दिदा २ वटा झिङगा थियो ।


पति: (पत्नीलाई माया गर्दै) यदि तिमीलाई केही भयो भने त म पागल हुन्छु ।
पत्नी: (खुशी हुँदै) अर्को बिहे त गर्दैनौ नि ?
पति: अब पागलको के भरोसा, उसले त जे पनि गर्न सक्छ नि ...

शिक्षक: तिमी कलेज किन आउछौ ?
विद्यार्थी: बिद्या को लागि सर
शिक्षक: त्यसो भए तिमी आज क्लासमा किन सुतिरहेको छौ त ???
विद्यार्थी: किनकी आज बिद्या कलेज आको छैन नि त .....

एउटा तितो सत्य।।। !!!
बहिनीको साथी बहिनी हुन सक्छ
भाईको साथी भाई हुन सक्छ
दिदीको साथी दिदी हुन सक्छ
तर .....
स्वास्नीको साथी स्वास्नी हुन कदापि सक्दैन ...........

डाक्टर: हजुरको पतिलाई धेरै आरामको खाँचो छ यो लिनुहोस् स्लीपिङ ट्याब्लेट
पत्नी: यो कति कति खेर दिनु पर्ने नि डाक्टर साप ??
डाक्टर: यो ट्याब्लेट उनको लागि हैन तपाईंको लागि पो त ...........

पहिलो मान्छे: बिहे पछि म लखपति बने
दोस्रो मान्छे: त्यो भन्दा पहिले हजुर के हुनु हुन्थ्यो त ?
पहिलो मान्छे: त्यो भन्दा पहिले म करोडपति थिए .........

पत्नी: हामी यो हप्ता पुरा दिन फिल्म हेर्ने अनी अर्को दिन पुरा दिन सपिङग गर्ने ल ...
पति: हुन्छ अबस्य हुन्छ ... अनी अर्को दिन चाँही पुरै दिन मन्दिर जाने नि हुन्छ ???
पत्नी: किन नि ?
पति: भिख माग्न ...

शिक्षक: तिम्रो त राजुको उत्तर त एउटै जस्तो छ नि किन ?
राजु: किनकी प्रश्न पनि त एउटै थियो नि त ............

शिक्षक: मनले कुनै प्राथना गर्‍यो भने तिमीहरुको इच्छ्या पुरा हुन्छ बाबुहरु..
विद्यार्थीहरु: यो सबै झुठो कुरा हो सर ...
शिक्षक: किन र ?
विद्यार्थीहरु: यदि यो साचो हुने हो भने त तपाईं अर्कै स्कुलमा सरुवा भई सक्नु हुने थियो...........

शिक्षक: गिरिजा प्रसाद कोइराला को हो ?
विद्यार्थी : थाहा छैन सर
शिक्षक: आफ्नो पढाईमा ध्यान राख्नु अनी थाहा हुन्छ ..
विद्यार्थी : बिबेक को हो सर ?
शिक्षक: थाहा छैन किन र ?
विद्यार्थी : आफ्नो छोरीमा ध्यान राख्नु अनी थाहा हुन्छ सर .......

7 comments:

Yumesh Pulami said...

हाहा.....धन्यबाद रमेश जी एक छिन भए नि मुड फ्रेस भो ! निकै रमाइला चुट्किलाहरु रहेछन !

Unknown said...

Wah Wah Kya Jhakash Jocks Rahe6 Thanks Bro frei feri yesto Jocks upload Gardai garnoo la

Krishna shrestha said...

o what a joks....i enjoy very much nn hase ra ahelea samma mero 6 pak ko cord cord dukhi ra ko 6.......Thanks a lot

Sumit said...

nice jokes....keep uploading

NEW NEWS EVENT said...

Im enjoying Ramesha dai very nice jokes.Thank's Dai.

prakash khatri said...

what a jock i love him all jocks

Anonymous said...

1 dama ramailo gagyo

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु