१) माउस कहाँनिर select भईरहेको छ ?
सर्वप्रथम कुनै form खोल्दा माउस कहाँ select छ त्यो हेर्नु जरुरी छ । केही लेख्नु पर्ने ठाउ(text field)मा हो भने एउटा line झिप झिप गरिरहेको हुन्छ । चेक बक्स अथवा अरु कुनै लिन्क मा select छ भने त्यो लिन्क वा चेक बक्समा डट डट डट को घेरा बसेको हुन्छ ।
जस्तै: तलको फोटोमा Birthday को month मा select भईरहेको छ

२) एउटा text field बाट अर्को text field मा कसरी जाने ?
यदि तपाईंले TAB कि थिच्नु भयो भने एउटा text field बाट अर्को text field मा जान सकिन्छ । जस्तै: तपाईंले पहिले first name भर्नु भयो अब last name भर्न TAB कि थिच्नुहोस् । यसरीनै हरेक text field भर्न TAB कि थिच्दै जानुहोस् ।
३) चेक बक्स tick कसरी लगाउने ?
यसको लागि सम्बन्धित चेक बक्समा गईसकेपछि tick mark लगाउन spacebar थिच्ने ।
४) धेरै option हरु मध्य एउटा छान्न :
Dropdown list मा आफुलाई चाहिने option छान्न updown aero कि को प्रयोग गर्ने ।
५) ok, apply
ok, apply अथवा अरु कुनै पनि button क्लिक गर्न सम्बन्धित button मा गईसकेपछि Enter button थिच्ने ।
६) Cancel
साधारणतया Cancel button को लागि ESC बटनको प्रयोग हुन्छ ।
७) selection लाई फर्काउन
जसरी TAB बटनको प्रयोग एक field बाट अर्को field मा जानको लागि गरिन्छ त्यसरी नै अर्को feild बाट पहिलो field मा back हुन SHIFT+TAB बटन थिच्ने ।
यि keyboard shortcut हरु सम्झिन एकदम सजिलो छ , तपाईं पनि माउस बिना नै यस्ता form भर्न एक पटक कोशीस गरी हेर्ने कि ?
No comments:
Post a Comment