पूर्व राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छाड्नु अघि आज सांझ ५।३० बजे पत्रकार सम्मेलन गरि देश र जनताको चाहना अनुरुप आफु चल्ने भनाइ आफ्नो अन्तिम बक्तब्य मार्फत जानकारी दिनु भएको छ । संबिधान सभाको निर्णय सहर्ष रुपमा स्विकार गरी अब भविष्यमा पनि देश र जनता कै हक र हितमा काम गर्ने पनि वहाँले आफ्नो भनाइमा राखनु भयो । वहाँले पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख् ने क्रममा आफ्नो ७ बर्षको शासन कालमा आफु द्वारा कसैको अधिकारको हनन नगरेको र यदि आफु र आफ्नो परिवार बाट केही गल्ती हुन गएको भए त्यो अन्जानमा भएको बुझिदिन पनि आग्रह गर्नु भयो । बिगतमा आफु माथि लगाइएको दरवार हत्या काण्डको लाञ्छनालाई वहाँले भावनात्मक रुपमा खण्डन गर्दै भन्नु भयो त्यो घटना र घटना पछिको पिडालाई आफुले बाहेक अरु कसैले बुझ्न सक्दैन ।बिदेशमा अकुट सम्पत्ति जम्मा गरेको भन्ने आरोप प्रति बोल्दै राजा ज्ञानेन्द्रले आफुको बिदेशमा कही कतै चल अचल सम्पत्ति नरहेको,जे जती सम्पत्ति छन त्यो सबै नेपाल मै रहेको,परम्परागत सम्पत्तिलाई घटाऊने काम नगरेको र भएको सम्पत्ति लाई पनि आफ्नो निजी सम्पत्तिको रुपमा नराखी सँस्थागत रुपमा राखी त्यसको संरक्षण गरेको बताउनु भयो । परम्परागत देखी नै शाहबंशको बिरासतको रुपमा रहेको श्रीपेच र राजडण्ड आजबाट नै नेपाल सरकारको जिम्मा लगाएको पनि वहाँले आज पत्रकार सम्मेलनमा जानकारी गर्नु भयो । पत्रकार सम्मेलनमा लिखित सन्देश पढ्नु अघि वहाँको अनुहारमा बिगतमा झै मुस्कान रहेको थियो भने पुरा समय वहाँको अनुहारमा कुनै चिन्ताको भाव रहेको देखिएको थिएन । पूर्व राजा ज्ञानेन्द्रले करिब १४ मिनेट जति आफ्नो लिखित कुराहरु पढेर सुनाउनु भएको थियो ।
No comments:
Post a Comment