सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

जुन होटलमा सम्बन्ध विच्छेद मात्र गराइन्छ | Divorce Hotel |

होटलहरू पनि अजिब अजिबका हुन्छन् । हामीलाई थाह छ कि होटल हरुले विशेष गरेर विभिन्न प्याकेजहरु अफर गरेर ग्राहकहरुलाई लोभ्याउने गर्दछन्। कुनै होटलले हनिमुन प्याकेज अफर गरेर दम्पतीहरूलाई लोभ्याइरहेका लोभयाउने गर्दछन् । तर नेदरल्यान्ड्सस्थित एउटा होटल भने अनौठो र अचम्मको छ । यसले चाहिँ दम्पतीको पारपाचुके गराउँछ । यसको नामै छ– डाइभोर्स होटल डटकम । तलाकका लागि आवश्यक सम्पूर्ण व्यवस्था तयारी हालतमा राखेको एक मात्र होटल ।

अब गुड्नेछ पिसाबबाट कार


पृथ्वीमा बस्ने सबै मानिसहरुले एक दिनमा गर्ने पिसाब जम्मा गर्ने हो भने साढे १० अर्ब लिटर हुन्छ,जसले ४ हजार २ सय वटा ओलम्पिक खेलमा प्रयोग हुने पौडि पोखरी भरिन्छन् ।

मलमूत्र स्वभावैले फोहर चिज हो र यसलाई हामीले फोहरकै रुपमा वर्गिकरण गरी थान्को लगाइन्छ । तर वैज्ञानिकहरुले भने पिसाबबाट गाडि गुडाउने लक्ष्य तय गरिसकेका छन् ।

एप्पलले ल्याउँदैछ आइप्याड एयर-टू


एप्पलका फ्यानहरु आइफोन सिक्सको व्यग्र प्रतिक्षामा रहेका बेला नयाँ खबर सार्वजनिक भएको छ । एप्पलले नयाँ आइफोन सार्वजनिक गरे लगत्तै नै नयाँ आइप्याड निर्माण गर्ने समाचारहरु सार्वजनिक भएका हुन् ।


कोरियाली समाचार माध्यमहरुका अनुसार एप्पलले यो महिनाको अन्त्यतिरै नयाँ पुस्ताको आइप्याड एयर -आइप्याड एयर टू) निर्माण सुरु गर्नेछ । यसका पार्टस् निर्माता तथा आपूर्तिकर्ताहरु तयारीमा जुटिसकेका बताइएको छ ।

अब एप्पलले ल्याउँदैछ स्मार्ट घडी

आइफोन निर्माता एप्पलले स्मार्टवाच समेत निर्माण गर्ने भएको छ । प्रविधिको क्षेत्रमा नयाँ प्रयोगमा होमिन
लागेको एप्पलले आउँदो अक्टोबर सम्ममा स्मार्ट घडीको बिक्री सुरु गरिसक्ने लक्ष्य लिएको छ । समाचार अनुसार सुरुका महिनामा एप्पलले ३० देखि ५० लाखसम्म स्मार्टवाच बनाएर बेच्ने लक्ष्य बनाएको छ । एप्पलका ग्याजेटको पार्टस्हरु आपूर्ति गर्ने बेनामी श्रोतलाई उधृत गर्दै जापानी समाचार संस्था निक्केइले तयार पारेको समाचार अनुसार स्मार्टवाचमा रहने फिचर्सहरुको बारेमा अझै पूरै टुंगो लाग्न बाँकी छ । तथापि उक्त घडीमा घुमाउरो ओएलइडी डिस्प्ले रहने पक्कापक्की भैसकेको छ ।

विन्डोज सिस्टम Properties प्यानलमा OEM इन्फर्मेसन परिवर्तन गरी आफ्नै राख्ने तरिका


तपाईं आफ्नो कम्प्युटरको System  Properties मा जानु हुन्छ भने तपाईंले त्यहा System Section मा manufacturer's name र logo देख्न सक्नु हुन्छ । के तपाईं त्यहा आफ्नो contact इन्फर्मेसन राख्न चाहनु हुन्छ अथवा त्यहा भएको OEM ( Original equipment manufacturer ) इन्फर्मेसन परिवर्तन गर्न चाहनु हुन्छ ? चाहनु हुन्छ भने तल उल्लेखित तरिका अनुसार सजिलै गर्न सक्नु हुन्छ ।

१) सर्वप्रथम तपाईंले त्यहा देखाउन चाहनु भएको logo को एउटा इमेज .bmp फरम्याटमा बनाउनु पर्ने हुन्छ ।
२) logo को size 120x120 पिक्सेल को .bmp फरम्याट मा हुनु पर्नेछ । ( यो size भन्दा ठुलो इमेज बनाउनु भएको छ भने System properties मा auto resize हुन जान्छ र इमेज पुरा देखिन अथवा नदेखिन सक्छ )
३) logo इमेज बनाउन तपाईंले photoshop प्रोग्राम अथवा paint प्रोग्राम प्रयोग गर्न सक्नु हुन्छ ।
४) उक्त logo लाई यो location मा लगेर राखिदिनुहोस्
C:\Windows\System32\oobe\your-logo.bmp

मोबाइल उठाउँदा एक रुपैयाँ कमाइ

मोबाइलको घन्टी बज्दा फोन उठाएकै भरमा खातामा खुत्रुक्क एक रुपैयाँ जम्मा हुन्छ भने त्योभन्दा सजिलो आम्दानी अर्को के होला? कुरा यत्ति हो, फोन उठाउनुअघि ६ सेकेन्डसम्म कुनै व्यापारिक विज्ञापन हेर्ने धैर्य तपाईंमा हुनुपर्छ। हो, सिरान टेक्नोलोजीले 'क्यास अन एड' नामक मोबाइल एप्लिकेसन निर्माण गरेको छ, जसको प्रयोग गरेर अहिले सित्तैमा उठाइरहेका फोन कलबाट बसीबसी आम्दानी गर्न सकिन्छ। त्यो पनि प्रत्येक कलमा एक सेन्ट, जुन अहिले डलरको भाउ बढेकाबेला एक रुपैयाँभन्दा बढी हुन्छ।

10 Best Internet Browsers 2013

ब्राउजर नै हो जो ईन्टरनेट अर्थात WWW (world wide web) मा छिर्ने साँचो हो । तपाईं ब्राउजर बिना ईन्टरनेटको ठुलो दुनियाँमा छिर्न सक्नु हुन्न । मनोरन्जन, ब्यापार, ज्ञान, मेल आदि जुन तपाईंलाई आवश्यक्ता हो त्यहा सम्म पुग्ने बाटोनै यही ब्राउजर हो । ईन्टरनेटको दुनियाँमा यस्ता धेरै किसिमका ब्राउजरहरु पाईन्छन तर तपाईंले आफ्नो आवश्यकता अनी सुबिधा अनुसार ब्राउजर छान्नु पर्ने हुन्छ तर पनि सबै भन्दा राम्रो ब्राउजर त्यही हो जसमा सबै भन्दा धेरै सुबिधा हुन्छ र सुरक्षित पनि ।
त्यसैले तपाईंलाई जानकारीको लागि आजकल ईन्टरनेटको दुनियाँमा चलेका राम्रा top 10 ब्राउजरहरुको list तल हेर्न सक्नु हुन्छ ।

गुगल क्रोमकास्ट : टिभी स्क्रिनमा अनलाइन भिडियो


गुगल र टेलिभिजनबीचको युद्धले नयाँ मोड लिएको छ। गुगल सकेसम्म टेलिभिजन प्रयोगकर्तालाई तान्ने कोसिसमा छ। त्यसो गर्न निकै गाह्रो भएपछि गुगलले चलाखीपूर्ण तरिकाबाट आफूलाई टिभी प्रयोगकर्ता माझ लगेको छ। यो साता गुगलले क्रोमकास्ट नामक एक उपकरण बजारमा ल्यायो। उपकरणको बजार मूल्य ३२ डलर (तीन हजार रुपैयाँ) पर्छ। पेन ड्राइभजस्तै उक्त उपकरणलाई टिभीमा जोडेपश्चात दर्शकले अनलाइन भिडियो, गीत तथा ल्यापटप, ट्याब्लेट वा फोनमा भएका फोटा टिभी स्क्रिनमै हेर्न र सुन्न सक्छन्। यस्तै स्मार्टफोनलाई रिमोट कन्ट्रोलको रूपमा पनि प्रयोग सकिन्छ।

गुगलको क्रोम तथा एन्रोइडका वरिष्ठ उपाध्यक्ष सुन्दर पिचाइले भने, 'हामीले मोबाइल र टिभीबीचको दुरीलाई कम गर्न खोजेका हौं।' उनका अनुसार युट्युब र नेटफिक्सका धेरै भिडियो मान्छेहरू ठूलो पर्दामा हेर्न खोज्छन्। क्रोमकास्टले त्यो सम्भव बनाएको छ।

Apple को iTunes Store, App Store, iBookstore र Mac App Store account क्रेडिट कार्डको इन्फर्मेसन बिना फ्रीमा बनाउने तरिका

जब तपाईं Apple को सर्भिसहरु जस्तै: Apple Online Store अथवा registering your product online प्रयोग गर्न खोज्दै हुनुहुन्छ भने तपाईंलाई Apple ID को जरुरत पर्दछ । यसको लागि तपाईंले Apple मा आफ्नो account रजिस्टर गर्नु पर्ने हुन्छ । तपाईंले रजिस्टर गर्नु भएको ID बाट apple को सबै सेवाहरु जस्तै: iTunes, the Mac App Store, iCloud, iMessage, FaceTime, Game Center र यो बाहेक पनि धेरै प्रयोग गर्न सक्नु हुन्छ ।  
यदि तपाईंले सिधै Apple ID बनाउन खोज्नु भयो भने त्यहा आफ्नो क्रेडिट कार्डको इन्फर्मेसन पनि राख्नु पर्ने हुन्छ जुन तपाईंले कुनै Apps खरिद गर्न चाहनु हुँदा प्रयोगमा आउछ । क्रेडिट कार्डको डिटेल इन्फर्मेसन नराखी तपाईंको ID तयार हुँदैन ।

विश्वको पहिलो 256 GB क्षमताको USB flash Drive

हे भगवान यो त मेरो कम्प्युटरको हार्ड डिस्क भन्दा पनि धेरै क्षमताको रहेछ !!!


यो कुनै जोक हैन, Kingston कम्पनीले विश्वकै पहिलो 256 GB क्षमताको USB flash Drive निर्माण गरेको छ । DT300 नामक यो USB Flash Drive को Transfer rates 20MB per second read र 10 MB Per second write रहेको छ । के तपाईंलाई थाहा छ 256 GB भनेको कती धेरै space हो ? एक चोटि अरु सँग तुलना गरेर हेर्ने हो कि ?
यसमा store गर्न मिल्ने क्षमता :

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु