सात दलको संयुक्त बैठकमा शक्ती बाँडफाड सम्बन्धी कुरा नमिले पछि माओबादीका मन्त्रीहरुद्वारा सामुहिक राजीनामा दिएका छन । राजीनामापत्र माओबादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालाई बुझाएका हुन ।
यसैगरी आज बिहान भएको माओबादी र एमालेबिच शक्ति बाँडफाड लगायतका बिषयहरुमा सहमति जुटाउन भएको बैठकले राष्ट्रपति एमालेलाई, प्रधानमन्त्री माओबादीलाई र संबिधानसभाको अध्यक्षमा
काँग्रेसलाई दिने सहमति भएको बताईएको छ जसनुसार अब नेकपा एमालेका पूर्व महासचिब (२ ठाउँबाट हारेका) माधव नेपाल राष्ट्रपति हुने लगभग पक्का भएको छ । राष्ट्रपति हुन संबिधान सभाको सदस्य हुनुपर्ने प्रावधानअनुसार नेपाललाई २६ जनाको मनोनितमा ल्याईने बताईन्छ ।नेपाली काँग्रेसका गिरिजाप्रसाद कोईरालाले कुनै हालतले पनि राष्ट्रपति नछोड्ने देखिएपछि कोईरालालाई भन्दा एमालेका माधव नेपाललाई राष्ट्रपति दिएर एमालेसंग गठबन्धन बलियो बनाउने रणनीतिमा माओबादी देखिएको छ ।
यसैबिच प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादी मन्त्रीहरुको राजीनामा स्विकृत गर्नुको साटो माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई नै फ़िर्ता दिने बताएका छन् । आज प्रधानमन्त्री निवास बालुवाटार जारी सात दलको बैठकमा प्रधानमन्त्रीले माओवादी मन्त्रीहरुको राजीनामा अस्विकार गरिने बताईएको छ । बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले कार्यदलले सहमति बनाएलगत्तै आफूले पदबाट राजीनामा दिने पनि बताएका छन ।
No comments:
Post a Comment