साथ सिंगापुरतिर उडेका छन् शाहका साथमा बहिनीज्वाइँ राजबहादुर सिंह, धीरेन्द्रकी कान्छी छोरी दिलासाका श्रीमान् आदर्शविक्रम राणा तथा विनोदविक्रमलगायत पनि साथमा छन् । सिंगापुरको बसोबासका लागि हिडेका पारसले आफू पहिला सिंगापुर पुगेर बसोबासको व्यवस्था पश्चात् आफ्नी श्रीमती हिमानी र छोराछोरीहरु पनि सिंगापुर तिरै लाने पारसका निकटबर्तीहरुले जनाएका छन् । छोराछोरी र श्रीमती हिमानीलाई लिन पारस डेढ हप्तापछि स्वदेश फर्कने बताइएको छ। आफ्ना छोरीहरुलाई नेपालमा पढाउने वातावरण नभएको भन्दै पूर्व युवराज पारश अब छोरी पूणिर्का र कृतिका र छोरा हृदयेन्द्रलाई सिंगापुरकै एक विद्यालयमा पढाउने व्यवस्था मिलाउने शुरसारमा रहेको बुझिएको छ । एउटा मात्र लगेज लिई बा१च ५७४३ नम्बरको कार आफैले चलाई विमानस्थल पुगेका पारसलाई बिदाइ गर्न अत्यन्तै निकट साथीहरू मात्र पुगेका थिए। पारसको तस्वीर खिच्न विमानस्थल पुगेका फोटो पत्रकारलाई प्रहरीले मुख्य ढोकामै रोकेको थियो। नेपाल छोड्नु एक दिनअघि पारसले बाबु ज्ञानेन्द्र, आमा कोमल र बहिनी प्रेरणासँग भेट गरेका थिए।
परदेश गएपछि हुने रोमिङको लफडा
2 months ago
2 comments:
very nice blog!
very nice blog!
Post a Comment