राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको मन र मस्तिष्कबाट अझै पनि राजतन्त्रको छाप नहटेको दाबी गर्नुभयो । उहाँले जेठ १५ गतेको राजतन्त्र अन्त्य र गणतन्त्र कार्यन्वनको निर्णय माने पनि त्यसमा सहमति नजनाएको बताउनुभयो । उहाँले विश्वका कतिपय देशमा गणतन्त्रको स्थापनापछि पनि राजतन्त्र उदाएका थुप्रै उदाहरणहरु रहेको बताउँदै नेपालमा पनि कुनै बेला राजतन्त्रको व्युत्पत्ति हुनसक्ने चेतावनी दिनुभयो ।उहाँले संविधानसभाको निवार्चन सम्पन्न भएको चार महिना पुग्न लाग्दा समेत नयाँ सरकार गठन र नयाँ संविधान लेख्नका लागि अहिलेसम्म पहिलो पाइला पनि चाल्न नसक्नुले जनतामा नैरास्यता छाएको बताउनुभयो । उहाँले राजनैतिक दलहरु मिलेर सहमति र सहकार्यका आधारमा नयाँ सरकार गठन गर्नुपर्ने बताउनुभयो ।
राप्रपा नेपाल लुम्बिनी अञ्चल अगुवा कार्यकर्ता भेलालाई सम्बोधनपछि रिपोर्टस क्लब अफ नेपाल लुम्बिनीको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उप राष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ खानु नेपालको अन्तरिम संविधानको मर्म र भावना विपरित भएको बताउनुभयो । राष्ट्रपति र उपराष्ट्रपति कुनै दल विशेषको नभई मुलुकको साझा व्याक्ति भएको धारणा राख्दै हिन्दी भाषामा सपथ खानुले नेपालको राष्टियतालाई कमजोर पार्ने ठूलो खेल भएको बताउनुभयो ।
नेकपा माओवादीलाई जनताले सरकार निर्माण गर्ने म्याण्डेट दिएकाले सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने थापाले बताउनुभयो । कांग्रेस र एमालेलाई अड्को थाप्ने खालका शर्त राख्ने कुनै पनि अधिकार नभएको बताउँदै थापाले सहमति र सहकार्यलाई आत्मसाथ गर्दै नया सरकार तत्कालै निमार्णय गर्नुपर्ने बताउनुभयो । नेपाली जनताले गणतन्त्र नेपालको कार्यान्वयन पछि पनि शान्ति, सुरक्षा, अमनचयन, सुख, शान्ति केही पनि नपाइएको दाबी गर्नुभयो । गणतन्त्रपछि ३/३ महिनाको अन्तरालमा महंगी बढ्नु सधै इन्धनको अभाव हुनुले जनतामा निरास छाइसकेको बताउनुभयो । थापाले अहिलेभन्दा राजसंस्था रहेका बेला नेपाली जनताले शान्ति सुरक्षा र अमनचयन पाएको दाबी गर्नुभयो ।
अगुवा कार्यकर्ता भेलामा बोल्दै राप्रपा नेपाल संसदीय दलका नेता तथा सभासद् चन्द्रबहादुर गुरुले अझै पनि नेपालमा वैदेशिक हस्तक्षेप जारी रहेको बताउनुभयो । उहाँले २५ दलको सहमति र सहकार्यबाटै सरकार निमार्ण गरी संविधान निमार्णमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष रुपसिंह थापा, पाल्पा जिल्ला अध्यक्ष कर्ण बहादुर थापा, कपिलवस्तु सल्लाहकार नारायणबहादुर सिंह, मोहनसिंह लामालगायतले बोल्नुभएको थियो ।
उता, भैरहवास्थित विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष थापाले नेपालको राष्ट्रियता खतरामा परेको बताउनुभएको छ । उहाँले राष्टिरुय अखण्डता जोगाउन नेपाली जनता र सबै दलहरु एक भएर अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याउनुभयो ।
साभार : www.hellolumbini.com
No comments:
Post a Comment