गएको शनिबार भ्यालेन्टाईन डे को दिन पारेर मेक्सिकोमा करिब ४०,००० जनाले एकै साथ चुम्बन गरेर किर्तिमान कायम गरेका छन। उक्त कार्यक्रममा ३९,८९७ जना सहभागी थिए। Guinness World Records का प्रतिनिधी Carlos Martinez ले यो कुराको पुष्टी गरेका थिए।"यो कार्यक्रम मानिसहरुको सम्बन्धको बारेमा रहिआएको धारण परिवर्तन गर्न आयोजना गरिएको हो, अझै विषेश गरी जोडीहरुको लागी" मेक्सिकोको पर्यटन विभागले निकालेको वक्तव्यमा उल्लेख गरिएको छ। लगभग १ लाख मानिसहरु अटने त्यस ठाँउमा सबैजना एक अर्काको अँगालोमा बाँधिएर १० सेकेन्ड सम्म चुम्बन गरेका थिए। मानिसहरु जम्मा नभएका कारण यो कार्यक्रम केही ढिला भए पनी सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकहरु खुसी देखिएका थिए ।
No comments:
Post a Comment