सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

विन्डोज XP मा Task Manager र registry edit लाई Disable गर्न

तपाईं आफ्नो कम्प्युटरको registry edit सिस्टम कसैले नचलाओस भन्ने चाहनु हुन्छ ? अथवा कसैले तपाईंको कम्प्युटरको registry चलाईदिएर दिक्क मानिरहनु भएको छ ???

हुन पनि हो कम्प्युटरको registry part एकदम सम्बेदनशिल हुन्छ र कसैले यसलाई नजानीकन चलाईदियो भने पुरै कम्प्युटरको सिस्टममा नै खराबी आउन सक्छ । त्यसैले यो part लाई कसैले नचलाओस भन्नको लागि हामीले कम्प्युटरको registry editor लाई नै disable गरेर राख्न सक्दैनौ र ?
अबस्य पनि सक्छौ । र त्यसको लागि सजिलो तरिका तपाईंले तल दिईएका script लाई डाउनलोड गरेर प्रयोग गर्नु पर्ने हुन्छ ।
त्यस्तै तल राखिएको अर्को script को प्रयोग बाट कम्प्युटरको Task Manager लाई पनि disable गरेर राख्न सकिनेछ ।

Registry Editor लाई disable गर्ने script डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
Task Manager लाई disable गर्ने script डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

हरेक script लाई डाउनलोड गरीसकेपछि save भएका फाइल हरु regtools.vbs.txt र TaskMrgtools.vbs.txt लाई rename गरेर पछाडिको .txt लाई हटाइदिनुहोस् र आएको मेसेजमा Yes गरिदिनुहोस् । अब ति फाइलहरु .vbs script मा चेन्ज हुनेछ । अब registry editor लाई disable गर्न regtools.vbs लाई double click गर्नुहोस् । तपाईंको कम्प्युटरको Registry Editor disalbe हुनेछ । यदि फेरी तपाईंलाई यो enable गर्नु परेमा फेरी त्यही script लाई double click गर्नुहोस् । भन्नुको मतलब Script लाई पहिलो चोटि क्लिक गर्दा disable र दोस्रो चोटि क्लिक गर्दा enable हुनेछ ।

Enjoy !!!

1 comment:

mUkEsH said...

mero computer ma program file delete garcha user haru le kasari program file lai kasaile pani delete garna nahune banaune ?

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु