सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

How to install old program on windows 7



Windows 7 मा अक्सर पुरानो Windows सँस्करण (जस्तै: Windows XP) को लागि बनेका Software Install गर्नमा समस्या आएको गुनासो सुनिन्छ । यस्तोमा एउटा सजिलो तरिका प्रयोग गरेर पुरानो Software वा Driver हरु Windows 7 मा install गर्न सकिन्छ । यो तरिका बारे जानकारी लिउं, Windows 7 मा एउटा थपिएको सुबिधा बारे धेरैलाई जानकारी नभएको हुन सक्छ त्यो हो Troubleshoot Compatibility जसको प्रयोग गरेर यो काम सजिलै सम्पन्न गर्न सकिन्छ ।

तपाईंले जुन Software वा Driver Install गर्न चाहनु भएको छ त्यसको Setup फाइलमा राईट क्लिक गर्नुहोस् , त्यहा देखिएका Option हरुमा तपाईंले Troubleshoot Compatibility पनि देख्न सक्नु हुनेछ त्यसमा क्लिक गर्नुहोस् ।

अब एउटा नयाँ Window खुल्नेछ जसमा Compatibility Detect गरिनेछ । यो प्रकृयामा केही क्ष्यण लाग्नेछ, केही बेर पर्खिनुहोस् जब यो प्रकृया पुरा हुनेछ तपाईंले यस्तो Window खुलेको पाउनु हुनेछ ।


यहाँ २ वटा Option हुन्छ, पहिलो Option Try Recommended Settings मा क्लिक गर्नुहोस् ।
यो गरिसके पछि तपाईंलाई जानकारी दिईनेछ कि तपाईंले जुन प्रोग्राम install गर्न खोज्नु हुँदैछ त्यो कुन windows संस्करणको लागि उपयुक्त छ ।


यो Window मा Start The Program बटनमा क्लिक गर्नुहोस् , तपाईंको प्रोग्राम सजिलै Install हुनेछ ।

जब program install भईसक्नेछ फेरी एउटा Program Compatibility window खुल्नेछ त्यसमा ३ वटा बिकल्प हुनेछ । जस्तै :


यदि तपाईंको Program Install भईसकेको छ र फेरी यस्तै program हरु Install गर्नु पर्ने छ र Troubleshoot Compatibility को प्रकृया दोहर्याउनु नपरोस भन्ने चाहनु हुन्छ भने Yes, Save these settings for this program बिकल्पमा क्लिक गरी यि प्रकृयालाई सुरक्षित गरिदिनुहोस् र उक्त Window लाई बन्द गरिदिनुहोस् ।

नोट: यसरी तपाईंले आफ्नो पुराना software वा प्रिन्टर Driver हरु Windows 7 मा Install गर्न सक्नु हुनेछ तर जहाँ सम्म सम्भब छ नयाँ Windows 7 को लागि बनेकै software वा Driver हरु नै उपयोग गर्नु उचित हुन्छ । पुराना Antivirus, Disk Utility program वा अरु system related program हरु यो तरिका अपनाएर install नगर्नु नै उचित हुन्छ किनकी यसले तपाईंको कम्प्युटरलाई हानी पुर्याउन सक्छ । साथसाथै .msi एक्सटेंशन भएका program हरुमा यो तरिकाले काम गर्दैन ।

1 comment:

Anonymous said...



Also visit my ѕite sensual massage photos
Have a look at my homepage ; sensual massage in London

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु