( २०६५ जेठ १५ गते ११।४५ बजे )
आजबाट नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषित र राजतन्त्रको औपचारिक अन्त्य भएको छ । आज बेलुकी ९.१५ बजे कुलबहादुर गुरुगङ्गको अदक्षतामा शुरु भएको संविधानसभाको पहिलो बैठक बाट संघिय लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित भएको हो । आज बिहान ११ बजे बाट शुरु हुने भनिएको बैठक दलहरु बिच सहमति हुन नसकेपछि दिउसो ३ र त्यसपछि बेलुकी ६ बजे हुने भनिएता पनि राति ९.१५ बजे मात्र शुरु भएको थियो । त्यस लगतै बैठकमा ९.२५ बजे प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला द्धारा संबोधन गरिएको थियो भने ९.४५ बजे प्रधानमन्त्रि गिरिजा प्रसाद कोइरालाको तर्फबाट गृहमन्त्रि कृष्ण प्रसाद सिटौला द्धारा गणतन्त्र कार्यान्वयन सम्बन्धि प्रस्ताव पेश गर्नु भएको थियो । त्यसैगरि राती १०.०० बजे प्रस्तावमा मतदान शुरु भएको र ११.२५ बजे मतपरिणाम घोषणा गरिएको थियो जसमा जम्मा खसेको मत ५६४ मध्ये प्रस्तावको पक्षमा ५६० र बिपक्षमा ४ मत खसेको थियो ।
यसैबिच गणतन्त्र घोषणाको खुसियालीमा अहिले राती अबेर भएपनि बिभिन्न स्थानमा दिपावली र बिजय जुलुस निकाली खुसियाली मनाइने क्रम जारी रहेको छ । गणतन्त्र घोषणाको दिनलाई राष्ट्रिय पर्वको रुपमा मनाउन गृहमन्त्रालयले भोली र पर्सी २ दिन सार्वजनिक बिदाको घोषणा गरेको छ ।
परदेश गएपछि हुने रोमिङको लफडा
3 weeks ago

No comments:
Post a Comment