संघिय गणतन्त्र बिरुद्द राजावादीहरुले अहिले भर्खरै काठमाण्डौको न्यूरोडमा जुलुस निकालेको छ । उनिहरुले गणतन्त्र बिरोधी नारा,राजा हटाउन नहुने र नेपाललाई हिन्दु राज्य कायम गर्नु पर्ने नारा लगाउका छन् तर जुलुसमा सहभागीहरुको उपस्थिति निकै कम छ ।
यसै बिच संबिधान सभाको पहिलो बैठक साँझ ६ बजे सम्मको लागी स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अझै शिर्षनेताहरुको बैठक जारी छ तर अझै कुनै सहमतिमा पुग्न सकिरहेको छैन ।
"यस्तो छ हाम्रो नेताहरुको चाला ... जब पर्यो राती तब बुढि ताती भनेझै पहिले नै सहमतिमा पुगी आज घोषित समयमा ( बिहान ११ बजे ) गणतन्त्रको घोषणा गर्नु पर्नेमा अहिले सम्म वैठक बस्नमै समय नष्ट गरी रहेका छन् ।"
No comments:
Post a Comment