सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

नेपाली कामदारहरूलाई कोरियामा रोजगारीको अवसर

गणतन्त्र कोरिया सरकारले नेपाली कामदारहरूलाई कोरियामा वैदेशिक रोजगारीको अवसर निरन्तर उपलब्ध गराउने भएको छ । जेनेभामा भइरहेको ९७ औं अन्तर्राष्ट्रिय श्रमसम्मेलनमा भाग लिइरहनुभएका श्रम तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक र कोरियाका श्रम उपमन्त्री चोङ सु चुङबीच भेटवार्तामा श्रममन्त्री रमेश लेखकले नेपाली कामदारलाई छिटो लैजाने बातावरण मिलाउन कोरियाली श्रमउपमन्त्री समक्ष आग्रह गरेपछि कोरियाली पक्षले उक्त आश्वासन दिएको हो भेटका अवसरमा मन्त्री लेखकले नेपालमा भएको राजनीतिक परिवर्तन र शान्तिप्रक्रियाबारे जानकारी गराउनुका साथै यति खेरको संक्रमणकालिन समयमा बेरोजगार युवाका लागि कोरियामा रोजगारीको अवसर आवश्यक भएको बारे छलफल गर्नुभएको थियोभने उपमन्त्री चुङले दुवै देशलाई लाभदायक हुने भएकाले नेपाली कामदारलाई कोरियाले अवसर दिने तर नेपालीहरू तोकिएको समयभन्दा बढी बस्ने र त्यहाँको ट्रेड युनियन आन्दोलनमा संलग्न हुने गरेको बारे आफ्नो सरकारको आपत्ति रहेको जनाएका थिए । साथै, उहाँले कामदार पठाउनुभन्दा अघि कोरियाको कानुन र न्यायिक प्रणालीबारे जानकारी गराएर पठाउन र नेपाली कामदार ट्रेड युनियन गतिबिधिमा लाग्न नहुने बारे सचेत बनाउनु पर्ने आवश्यक्ता रहेको जनाउनु भयो ।

1 comment:

Anonymous said...

If you wаnt to tаke a good dеаl
from this piеce of writing thеn
уou haνe to aрply suсh techniques to your won blоg.
Look into my weblog buy cheap netbook online

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु