नेकपा माओवादीले संविधानसभाको बैठकअगाडि देखिनै दाबी गर्दै आएको राष्ट्रपति पद अन्ततः छोड्न तयार भएको छ। माओवादीको केन्द्रीय सचिवालयको बैठकले मुलुकमा राजनीतिक निकास दिनका लागि भन्दै सो पद छोड्ने भएको हो । साथै सो बैठकले भावी राष्ट्रपति नागरिक समाजका तर्फबाट वा अन्य कुनै तटस्थ व्यक्तिलाई बनाउनुपर्ने विषयमा अन्य दलसमक्ष प्रस्ताव राखेको छ। माओवादिले गरेको यो निर्णयले राजनीतिक गतिरोध अब भने फुक्ने संकेत देखिएको छ।
हालसम्म कुनै पार्टी आबद्ध भए पनि आगामी दिनमा कुनै पार्टी सदस्य नरहेमा त्यस्तो व्यक्तिलाई राष्ट्रपतिमा प्रस्ताव गर्न सकिने अवधारणा माओवादीले बनाएको बुझिएको छ। सो विषयमा दलहरूसँग परामर्श गरेर टुंगो लगाउने माओवादीले जनाएको छ।यसअघि राष्ट्रपति पार्टी अध्यक्ष प्रचण्ड हुने भनिएको तर राष्ट्रपति पद छोड्ने भएपछि प्रधानमन्त्री पदमा जाने कि नजाने भन्ने टुंगो नलागेको एक नेताले बताए पनि कार्यकारी प्रधानमन्त्री हुने भएकाले सरकारको नेतृत्व गर्ने गरी पार्टीध्यक्ष प्रचण्ड नै जाने सम्भावना बलियो रहेको बताएका छन्।
परदेश गएपछि हुने रोमिङको लफडा
4 days ago

No comments:
Post a Comment