सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

गणतन्त्र नेपालको पहिलो राष्ट्रपति को त ?

माओवादीका प्रभावशाली नेता देव गुरुङले आफूहरुले सेरेमोनियल राष्ट्रपति रहनुपर्छ भनिरहदा कार्यकारी अधिकार लिएर प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राष्ट्रपति बन्न खोजेको बताउनु हुदै कोइरालालाई कुनैपनि हालतमा राष्ट्रपति नमान्ने बताउनुभएको छ । यता नेपाली कांग्रेसका महामन्त्री डा.रामवरण यादवले भने राष्ट्रपतिका रुपमा लोकतन्त्रका लागि जीवननै अर्पिनुभएका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै सबैभन्दा योग्य नेता रहनुभएकाले उहांलाई सबैले समर्थन गर्नुपर्ने बताएउनु भएको छ । मधेशी जनअधिकार फोरमले रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउने पक्षमा देखिएको छ ।

फोरमका अध्यक्ष उपेन्द्र यादवले मधेशीलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै माओवादीले सिंहको नाम प्रस्ताव गरे आफूहरुले पनि समर्थन गर्ने बताए । नागरिक समाजका अगुवा डा.सुन्दरमणि दिक्षितले पनि राष्ट्रपतिका लागि रामराजाप्रसाद सिंह सबैभन्दा उत्तम व्यक्ति भएको जिकिर गर्नुभयो ।

एमालेले पनि सो पदमा आफ्नो पार्टीको दावी कायमै रहेको वताएको छ । पार्टीका वरिष्ठ नेता वामदेव गौतमले आफ्नो पार्टी पनि राष्ट्रिय राजनितिको प्रमुख शक्ति भएकाले हुनाले सो पदमा आफ्नो पार्टीको दाबी रहने जिकीर गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले राष्ट्रपति र प्रधानमन्त्रीका लागि अलमल गर्ने हो भने राजनीतिक जटिलता बढ्ने बताउनु भयो ।

"तपाईको बिचारमा चाही को हुनु पर्ला त राष्ट्रपति ?"

3 comments:

Anonymous said...

Anonymous said...

With the ability to actually alter the texture and condition of the hair with clever and fashion-forward hair styling products,
Rusk Being products are sure to intrigue the hair product lover in all of us.
As natural products don't have any side-effects, you can rest assured for healthy hair. It is designed for professionals so you know you're getting top performance.


Take a look at my weblog - hair products

Anonymous said...

Write more, thats all I have to say. Literally, it seems as though you relied on the video to
make your point. You definitely know what youre talking about, why throw away your intelligence on just posting videos
to your blog when you could be giving us something informative to read?


Feel free to visit my weblog; mhuthaw.blogspot.com

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु