गृहमन्त्री कृष्ण प्रसाद सिटौलाले अस्ती हाम्रा पुर्व राजा ज्ञानेन्द्र सँगको भेट्घातमा पुर्व राजाले आफ्नो
वासस्थानको ब्यवस्था मिलाइदिन आग्रह गरेको जानकारी दिएको अवस्थामा प्रमुख ३ दल तत्कालका लागि नागार्जुन दरवारमा वास दिन सकारात्मक देखिएका छन । राजधानीको उत्तरतिरको जङगलमा अवस्थित पहिले राजाकै स्वामित्वमा रहेको उक्त दरवार लोकतन्त्र बहाली पछी सरकारले आफुमा लिएको थियो । उक्त क्षत्रमा जम्मा ३ वटा आधुनिक बङगला छन ।
शाहले शन्तिपूर्ण तरिकाले गणतन्त्रको सम्मान गरेको र सहज बातावरणमा नारायणहिटी दरवार छाड्ने सँकेत देखाएकाले केही सँबेदनशिलतालाई ध्यानमा राखी तत्कालको लागि नागार्जुनमा रहेको दरवारमा वासस्थान मिलाउने ब्यवस्था गर्न लागेको बुझिएको छ ।
No comments:
Post a Comment