सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

राजतन्त्रको छाप नहटेको कमल थापाको भनाइ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जनताको मन र मस्तिष्कबाट अझै पनि राजतन्त्रको छाप नहटेको दाबी गर्नुभयो । उहाँले जेठ १५ गतेको राजतन्त्र अन्त्य र गणतन्त्र कार्यन्वनको निर्णय माने पनि त्यसमा सहमति नजनाएको बताउनुभयो । उहाँले विश्वका कतिपय देशमा गणतन्त्रको स्थापनापछि पनि राजतन्त्र उदाएका थुप्रै उदाहरणहरु रहेको बताउँदै नेपालमा पनि कुनै बेला राजतन्त्रको व्युत्पत्ति हुनसक्ने चेतावनी दिनुभयो ।
उहाँले संविधानसभाको निवार्चन सम्पन्न भएको चार महिना पुग्न लाग्दा समेत नयाँ सरकार गठन र नयाँ संविधान लेख्नका लागि अहिलेसम्म पहिलो पाइला पनि चाल्न नसक्नुले जनतामा नैरास्यता छाएको बताउनुभयो । उहाँले राजनैतिक दलहरु मिलेर सहमति र सहकार्यका आधारमा नयाँ सरकार गठन गर्नुपर्ने बताउनुभयो ।

राप्रपा नेपाल लुम्बिनी अञ्चल अगुवा कार्यकर्ता भेलालाई सम्बोधनपछि रिपोर्टस क्लब अफ नेपाल लुम्बिनीको साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उप राष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ खानु नेपालको अन्तरिम संविधानको मर्म र भावना विपरित भएको बताउनुभयो । राष्ट्रपति र उपराष्ट्रपति कुनै दल विशेषको नभई मुलुकको साझा व्याक्ति भएको धारणा राख्दै हिन्दी भाषामा सपथ खानुले नेपालको राष्टियतालाई कमजोर पार्ने ठूलो खेल भएको बताउनुभयो ।

नेकपा माओवादीलाई जनताले सरकार निर्माण गर्ने म्याण्डेट दिएकाले सरकारको नेतृत्व माओवादीले गर्नुपर्ने थापाले बताउनुभयो । कांग्रेस र एमालेलाई अड्को थाप्ने खालका शर्त राख्ने कुनै पनि अधिकार नभएको बताउँदै थापाले सहमति र सहकार्यलाई आत्मसाथ गर्दै नया सरकार तत्कालै निमार्णय गर्नुपर्ने बताउनुभयो । नेपाली जनताले गणतन्त्र नेपालको कार्यान्वयन पछि पनि शान्ति, सुरक्षा, अमनचयन, सुख, शान्ति केही पनि नपाइएको दाबी गर्नुभयो । गणतन्त्रपछि ३/३ महिनाको अन्तरालमा महंगी बढ्नु सधै इन्धनको अभाव हुनुले जनतामा निरास छाइसकेको बताउनुभयो । थापाले अहिलेभन्दा राजसंस्था रहेका बेला नेपाली जनताले शान्ति सुरक्षा र अमनचयन पाएको दाबी गर्नुभयो ।

अगुवा कार्यकर्ता भेलामा बोल्दै राप्रपा नेपाल संसदीय दलका नेता तथा सभासद् चन्द्रबहादुर गुरुले अझै पनि नेपालमा वैदेशिक हस्तक्षेप जारी रहेको बताउनुभयो । उहाँले २५ दलको सहमति र सहकार्यबाटै सरकार निमार्ण गरी संविधान निमार्णमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष रुपसिंह थापा, पाल्पा जिल्ला अध्यक्ष कर्ण बहादुर थापा, कपिलवस्तु सल्लाहकार नारायणबहादुर सिंह, मोहनसिंह लामालगायतले बोल्नुभएको थियो ।

उता, भैरहवास्थित विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा अध्यक्ष थापाले नेपालको राष्ट्रियता खतरामा परेको बताउनुभएको छ । उहाँले राष्टिरुय अखण्डता जोगाउन नेपाली जनता र सबै दलहरु एक भएर अघि बढ्नुपर्ने आवश्यकता समेत औंल्याउनुभयो ।

साभार : www.hellolumbini.com

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु