देश तथा विदेशमा समेत उपराष्ट्रपति परमानन्द झाले हिन्दी भाषामा सपथ लिएको विरोधले उग्र रुप लिन थालेपछि झाले मंगलबार एक अपील जारी गरेका छन् । उपराष्ट्रपति झाद्वारा जारी अपिलमा राष्ट्र, राष्ट्रियता, सार्बभोमिकता र अखण्डतामा आघात पुरयाउने आफ्नो मनशाय नरहेको उल्लेख छ साथै नेपाली लगायत सबै मातृभाषाप्रति आफ्नो सम्मान रहेको उक्त अपिलमा जनाइको छ । उपराष्ट्रपति झाले आफ्नो अपीलमा प्रत्येक नेपालीको पहिचान र आस्थाप्रति उच्च सम्मान गर्दै राष्ट्र भाषा नेपालीलगायत सम्पूर्ण राष्ट्रिय भाषाहरूलाई आफूले समान रूपले सम्मान गर्ने बताएका छन् । उपराष्ट्रपति झाले आफुले हिन्दी भाषामा सपथ लिदा जनतालाई चोट परेकोमा दुख ब्यक्त गरेका छन । उपराष्ट्रपति परमानन्द झाद्वारा
"नेपाली" भाषामै जारी गरिएको अपिलको पूर्ण पाठ: ...को लागि यहाँ क्लिक गर्नु होला
No comments:
Post a Comment