यदि तपाईंको टिभीमा वेब ब्राउजरको पनि सुबिधा छ भने तपाईंलाई खुशीको खबर छ , तपाईं अब youtube लाई १० फुटको टिभीमा हेर्न सकिने resolution का साथ आफ्नो टिभीमा हेर्न सक्नु हुन्छ । हालसालै youtube ले यस्तो पेज लञ्च गरेको छ जसलाई तपाईं हामी कुनै पनि ब्राउजर भएको डिभाइस (play station3 , wii) मा खोलेर हेर्न सक्छौ । गेमिङग वाला यस्तो कन्सोलमा
www.youtube.com/tv लाई खोलेर यो नयाँ youtube को टिभीलाई हेर्न सकिनेछ । यसमा display हुने भिडियोको resolution १० फुटको टिभीमा हेरिने हिसाबले दिईएको छ र अहिले यो टि.भी वेबसाईट २२ भौगोलिक क्षेत्रमा १२ भाषामा उपलब्ध छ ।
पहिला धेरै टि.भी र setup box निर्माता कम्पनी सँग यो चर्चा गरिएको थियो कि उनिहरुले आफ्नो डिभाइस निर्माण गर्दा web ब्राउजर पनि हालेर बनाउन् जसमा मानिसले youtube जस्तो साईट आफ्नो टि.भी मा खोलेर हेर्न सकुन तर अझै यस्तो टि.भी धेरै बनेको छैन । आशा गरौ निकट भबिस्यमा नै यस्तो टि.भी को निर्माण धेरै हुनेछ र हामी पनि आफ्नो टि.भी मै वेब ब्राउजर खोल्न सकौ र youtube को भिडियो हरुलाई आफ्नै टि.भी मा हेर्न सकौ ।
No comments:
Post a Comment