सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

मोटोपन घटाऊन अपनाउनु पर्ने केही जरुरी कुराहरु


१) भोको बसेर चाडै तौल घटाऊने प्रयास गर्नु हुँदैन । यस बाट बिभिन्न बिकृतिहरु उत्पन्न हुन सक्छ । हप्ताको १/२ देखी १ किलो भन्दा बढी तौल घटाऊनु उपयुक्त हुँदैन ।
२) उसिनेको खाना मात्र खानु पर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादको लागि केही मरमसला प्रयोग गरी खाद्य पदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उपयुक्त हुन्छ ।
३) खाद्य पदार्थलाई राम्रो सँग चपाएर मात्र निल्ने गर्नु पर्छ ।
४) खाना दिनको ३/ ४ पल्ट पनि खान सकिन्छ तर एकै पल्ट धेरै खाना खानु हुँदैन ।
५) सधैं नियमित रुपले निस्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नु पर्छ ।
६) भोकको अनुभुति भई रहेमा अति काम क्यालोरी दिने खाद्य पदार्थहरु जस्तै : गाजर , काँक्रो कागतीको सर्बत आदि प्रयोग गर्न सकिन्छ ।
७) बेलुकाको खाना (डिनर) अलि सबेरै , बेलुकी ७ बजे भित्र खानु उपयुक्त हुन्छ । खाना खाने बित्तिकै सुत्नु हानिकारक हुन्छ ।
८) तौल घटाऊनको लागि उचित ब्यायाम पनि खाना जत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिंड्ने अथवा हलुका ब्यायाम गर्ने बानी बसाल्नु पर्छ ।
९) ब्यायाम सकेपछि नियमित स्नान गर्नु पर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउछ ।
१०) तौल घटाऊछु भन्ने मनमा सन्कल्प लिनु पर्छ । धेरै क्यालोरी दिने खाना खान छोडेको १/२ हप्ता सम्मा छटपटी लाग्ने , निन्द्रा नपर्ने , पेट पोल्ने र मुखमा अमिलो पानी आउने लक्षण देखा पर्न सक्छ त्यसैले आफ्नो आत्मबललाई बलियो बनाउनु पर्छ र यस्ता समस्यालाई पानी प्रसस्त मात्रामा पिएर जित्न सकिन्छ ।

1 comment:

Anonymous said...

Hello colleagues, its great post on the topic of tutoringand fully explained, keep it
up all the time.

Also visit my webpage Email Console

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु