सुचना

तपाईंहरु पनि यो साईटमा भएका बिषयहरु सँग सम्बन्धित आफ्ना लेखहरु पोस्ट गर्न चाहनु भने तल दिईएको ठेगानामा पठाउनु हुन अनुरोध गर्दछु साथै विज्ञापन तथा अन्यको लागि सम्पर्क ठेगानाः deepinformation100@yahoo.com तपाईंहरुबाट प्राप्त भएका आर्टिकलहरुलाई सकेसम्म चाडै तपाईंहरुकै नाम दिएर प्रकाशित गरिनेछ ।

Create a hidden account or hide an existing in Win XP

Windows XP मा आफ्नो login अकाउन्ट hide गर्ने वा invisible अकाउन्ट बनाउने तरिका :

यदि तपाईंहरु windows log-on screen बाट आफ्नो अकाउन्ट लुकाउन चाहनु हुन्छ वा नयाँ invisible अकाउन्ट बनाउन चाहनु हुन्छ भने तल उल्लेखित सजिलो step अनुसार गर्नुहोस् ।

१) control pannel मा गएर user account मा गएर आफ्नो एउटा नयाँ account बनाउनुहोस् ।

२) start > Run र त्यहा regedit टाईप गर्नुहोस् र ओके ।
३) अब साबधानी पूर्वक यो location सम्म जानुहोस्
HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\WindowsNT\CurrentVersion\WinLogon\
SpecialAccounts\UserList
४) अब दाँया तिर राईट क्लिक गर्नुहोस् र नयाँ DWORD बनाउनुहोस् र नाम अघि तपाईंले बनाउनु भएको राख्नुहोस् वा पहिले नै भएको अकाउन्ट लुकाउन चाहनु भएको हो भने उक्त अकाउन्टको नाम टाईप गर्नुहोस् ।

५) DWORD Value "0" हाल्नुहोस्
६) Value "0" हाल्नु भयो भने अकाउन्ट Hide हुन्छ र "1" हाल्नु भयो भने अकाउन्ट show हुन्छ ।
७) अब सबै बन्द गरिदिनुहोस् र log off गर्नुहोस् , हेर्नुहोस् तपाईंको अकाउन्ट log-on स्क्रीनमा देखिदैन ।
८) आफ्नो Hidden अकाउन्टमा log-on गर्न CTRL+ALT press गरेर Delete कि २ चोटि थिच्नुहोस् र त्यहा आफ्नो अकाउन्टको नाम टाईप गर्नुहोस् र password राखेर ओके गर्नुहोस् ।

सावधान :
* आफ्नो कम्प्युटरको regedit चलाउदा एकदम ध्यानपुर्बक गर्नुहोस्, किन कि सानो गल्तीले पनि तपाईंको कम्प्युटरको सिस्टममा खराबी आउन सक्छ ।

No comments:

तल लेखिएको तपाईंहरुको पानामा क्लिक गर्नुहोस् यो पाना केवल तपाईंहरुकै लागि हो

?????????? ????

मलाई राम्रो लाग्ने मित्रहरुका ब्लगहरु